विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अब हाम्रो देशको दशा र दिशा के हुने ?

सिम्रौन्गढ़ नपा psa

काठमांडौ ।

निन्छ पाप धुरी बाट कराउछ! आजको अवस्था ठिक त्यस्तै प्रमाणित भएको छ। जनता माथी नांगो नाच गरि रहेका रावणरुपी व्यवहार भन्दा पनि कुरुरता पुर्वक बरबरताका साथ नबालकको रगत संग होली खेल्ने राक्षस नेताहरुको नरसंहार भएको कुरा सर्वविदितै रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

संबैधानिक राजतन्त्रको अन्त्य संगै मानवरुपमा राक्षसहरु नेताको रुपधारण गरि पुर्णरुपले मधेश आन्दोलन पश्चात् मानवता विरुद्ध गतिविधिमा सक्रिय भएको देखिन्छ। मधेशी, आदिवासी, जनजाति, मुस्लिम, दलित, पिछ्डा वर्ग, लगाय अनेकौं समुदायहरुको अधिकार कुण्ठित गरी मानवताको कुनै वास्ता नराखी राक्षस नेताहरुले नरसंहार गरि भारतको रेलगाडी सत्याग्रह बाट ल्याइएको संविधान जबर्जस्ति जनता माथी थुपारियो। त्यस्तै भौगोलिक अधारमा निर्वाचन क्षेत्र कायमगरी तराई वासी संग व्यमनस्ता गरियो, स्वायत्तता लगायत तत पश्चात् राक्षस नेताहरुले मानव संहारमा निरंतरता दिदै आएका थिए। सोही अनुरुप पापको घडा भरी फुटेको र आज अन्त्य भएको अवस्था छ।

Karaiya Mai Notice Winter

अब यी राक्षस नेताहरुको अन्त्य संगै हाम्रो देशको भविष्य निर्माण हुने भएको देखिन्छ। यस अर्थमा अब पुनः यो राक्षसहरुको आत्मा फेरि हाम्रो देशमा हावी नहोस भन्ने कुरामा ध्यानाकर्षण गर्नु पर्ने बेलामा सचेत हुन आवस्यक रहेको देखिन्छ।

अब हाम्रो देश प्रधान सेनापतिको हाथमा रहेको छ। जुन नैकै नै चुनौतीपूर्ण अवस्थाको साम्ना गर्नुपर्ने अवस्था रहेको छ। देशको स्वाधिन्ता, राष्ट्रियता, अखण्डता तथा स्वाभिमानको रक्षा गर्नुका साथै राज्यमा व्याप्ता रहेका केही अराजक गतिविधि गर्ने गराउने नरपिचासहरु बाट देश जोगाउने चुनौती लाई सामना गर्ने आट र साहसको आवस्यकता रहेको देखिन्छ।

यी सबै चुनौतीपूर्ण परिस्थिति लाई सामना गर्न सबै भन्दा पहिला मुख्य दुई कुरा लाई एकदमै संवेदनशीलताका साथ अन्तर्राष्ट्रिय चलखेल र राज्यभित्रका नरपिचास बाट जोगिन आवस्यक रहेको देखिन्छ। तयसैले महारथी प्रधान सेनापती अशोक राज सिग्देलको काधमा यो जिम्मेवारी आएकोले देश लाई सम्पुर्ण संकट बाट हनुमानको रुपमा वीरता पुर्ण निवारण गर्नु पर्ने बेला आएको छ।

हाम्रो देशको मामिलामा अन्य देशको कुनै पनि व्यक्ति लाई सामेल गरिनु भनेको आफ्नो सबै कमजोरी देखाउनु हो जुन देशका लागि घातक हुन सक्छ। त्यसैले पुनः त्यस्तो कुरामा गम्भीरता पुर्वक गहन विचार पुर्‍याएर मात्र अगाडि बढ्ने देखिन्छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed