विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कानुन व्यवस्थापन गर्ने सांसदको कामकर्तव्य र अधिकार : डा. अंसारी

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

डाक्टर कमरुल्लाह अंसारीले आफ्नो उम्मेदवारीको मूल उद्देश्य स्पष्ट रूपमा यसरी प्रस्तुत गर्नुभएको छ—यो उम्मेदवारी ठूला–ठूला भौतिक संरचना देखाएर वाहवाही कमाउनका लागि होइन, बरु जनताले दिनहुँ भोगिरहेका पीडा, समस्या र अपमानलाई न्यूनीकरण गर्दै समाधानतर्फ लैजानका लागि हो। उहाँका अनुसार आजसम्म नागरिकले अनेकौँ समस्या भोग्दै आएका छन्, तर ती समस्या कुन ‘विकास’को दायराभित्र पर्छन् भन्ने कुरा न त जनताले राम्ररी बुझ्न पाए, न त विगतका नेताहरूले बुझाउन आवश्यक ठाने।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

डाक्टर अंसारी भन्छन्—सडक, पुल, भवन जस्ता देखिने विकास मात्र विकास होइन। नागरिकको समय, सम्मान, अधिकार र सहज जीवनसँग जोडिएका विषयहरू पनि विकासका आधार हुन्। तर दुर्भाग्यवश, यिनै विषयहरूलाई अहिलेसम्म ओझेलमा पारिएको छ। उहाँको उम्मेदवारीको लक्ष्य भनेकै यस्ता लुकेका, तर गहिरो असर पार्ने समस्याहरूलाई एक–एक गरी पहिचान गरेर समाधान गर्ने स्पष्ट योजना सहित जनतासामु आउनु हो। यही नै उहाँले भनेको “अप्रत्यक्ष विकास” हो।

Karaiya Mai Notice Winter

अप्रत्यक्ष विकास भन्नाले देखिने संरचना होइन, तर प्रत्यक्ष रूपमा नागरिकको जीवन सहज बनाउने कामहरू बुझिन्छ। उदाहरणका लागि, एउटा नागरिकको नागरिकता हरायो भने उसले वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म पटक–पटक धाउनुपर्छ। कहिले कागज मिल्दैन, कहिले कर्मचारी भेटिँदैन, कहिले सिफारिस अपुग हुन्छ। यो समस्या कुनै भवन नबनेको कारण होइन, तर कानुनी र प्रशासनिक जटिलताका कारण हो। यो पीडा बाहिरबाट देखिँदैन, तर भोग्ने नागरिकका लागि यो ठूलो समस्या हो। यसलाई समाधान गर्नु नै अप्रत्यक्ष विकास हो।

यस्तै, नेपाललाई कृषिप्रधान देश भनिन्छ। भाषणमा किसानको प्रशंसा गरिन्छ, तर व्यवहारमा किसान खाद्य मलका लागि भारतको सीमामा कुटाइ खान बाध्य हुन्छ। समयमा मल नपाउँदा बाली सुक्छ, उत्पादन घट्छ, किसान ऋणमा डुब्छ। यो समस्या सडक नबनाएको कारण होइन, न त भवन नठडिएको कारण हो। यो समस्या नीति, कानुन र व्यवस्थापनको असफलताका कारण हो। यस्तो समस्या समाधान गर्न प्रतिनिधि सभाबाट प्रभावकारी कानुन निर्माण र कार्यान्वयन आवश्यक हुन्छ, र त्यही अधिकार प्रतिनिधि सभासँग हुन्छ।

डाक्टर अंसारीले जोड दिएर भन्नुहुन्छ—अब जनता खाली आश्वासनको प्रलोभनमा पर्नु हुँदैन। चुनावको बेला थोपा–थोपा पैसामा आफ्नो मत बेचेर पाँच वर्षको पीडा किन्ने अवस्था अन्त्य हुनुपर्छ। गरिबीको रेखामुनि बाँचिरहनु पर्ने बाध्यताबाट मुक्ति पाउन जनताले सचेत निर्णय लिनैपर्छ। आफ्नो वास्तविक समस्या बुझ्ने, समाधानका लागि स्पष्ट सोच र योजना भएको प्रतिनिधि छान्नु आजको आवश्यकता हो।

उहाँको विश्वास छ कि यदि जनता यी सबै कुरा गम्भीरतापूर्वक बुझ्छन् भने, विकासको नाममा देखावटी सपना होइन, आफ्नो दैनिकी सहज बनाउने वास्तविक परिवर्तन रोज्नेछन्। नागरिकको सम्मान, किसानको अधिकार, युवाको अवसर र सामान्य जनताको जीवन सरल बनाउने नीति निर्माणका लागि उहाँलाई प्रतिनिधि सभामा पठाउने निर्णय जनताले गर्नेछन्। यही नै उहाँको उम्मेदवारीको सार हो—देखिने विकासभन्दा बढी, भोगिने पीडाको अन्त्य गर्ने र यी सबै समस्या देशै भरीका जनताका समस्या निदानका लागि बाराका निर्वाचन क्षेत्र १मा भएका हाम्रा मतदाता माथी अभिभारा रहेको ले त्यो कर्तव्य निर्वाह गर्न पछाडी नहट्ने डा.अंसारीले बताए।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed