विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बोलबम तथा ठूलो कावर यात्रा : कुन नियमसँग मेल खाएको परम्परा ?

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

फाल्गुन महिनामा भगवान शिवप्रति आस्था राख्ने श्रद्धालुहरू द्वारा गरिने बोलबम तथा कावर यात्रालाई मध्यनजर गर्दै ठूलो कावर बोक्ने भक्तजनका लागि विशेष नियमहरू सत्युगमा गरिने नियमकानुन संग मेल खाएको हुन्छ। यस कावरमा जाने भक्तजनले अनुशासन र धार्मिक मर्यादालाई ध्यानमा राख्दै कडाइका साथ नियम पालना गर्ने चलन रहेको छ।

यो कावरमा जाने भक्तजनहरु दिशापिसाब गर्ने बारे डोलडाल भनिन्छ भने खाना लाई प्रशाद चेताउनु भनिन्छ जस मध्ये तरकारी लाई साग भन्निने चलन रहेको छ। जुन एउटा धोती मात्र लगाएर गर्ने गरिन्छ। कुनै कुरा माग्दा फलानो कुरा डोलाइ दिनु भनिने चलन रहेको छ। विशेषगरी ठूलो कावर बोक्नेहरूका लागि शारीरिक, मानसिक र व्यवहारिक शुद्धतामा जोड दिइन्छ।

कावरमा जाने भक्तजनहरु घर बाट कुनै प्रकारको अनियमितता गरेर गएको खण्डमा कुटेव भएको बुझिन्छ र सरकरिया घाटमा घरसोद्धी गर्दा स्विकार नगरेको खण्डमा कावर लिएर हिड्न नसक्ने गरि बिरामी हुने गर्छन् । र फेरि सोधपुछ गर्दा स्विकारे पछि त्यसमा छुट्टै नियमकानुन अनुसार दन्डसजाय गर्ने चलन रहेको र त्यो सजाय तहविल्दारले गर्ने गर्छन् र सजाय पनि निकै सजिलो तर आश्चर्यजनक हुन्छ।

खास गरेर सजाय भनेको जवालामा घर बाट झगडा वा गालीगलौज गरेको वा मनमोटाव गरि कावरमा निस्किएको कुरा स्विर गर्नु हो र समुहमा जति जना हुन्छन् ती सबैलाई खुट्टा ढोग्नु पर्छ जस लाई गोडलगी भनिने चलन रहेको छ। त्यस भन्दा ठुलो सजाय भनेको भएको रोग बाट निको हुनलाई सागर बोलिन्छ। जुन सबै भन्दा कठोर हुन्छ। सागर जब बोलिन्छ, त्यसमा निबस्त्र जिउमा अर्थात एउटा धोती मात्र कमरमा लगाए समुहमा सबै जनाले एक-एक लोटा पानी टाउकोमा चढाउने गर्छन् जसरी भगवान लाई चढाउने गरिन्छ।

यो कावरमा जाने भक्तजनहरु एक महिना पहिला नै जाने गरिन्छ, तर कम्तिमा १५ दिन पहिला गएर गंगाघाट, यमुनाघाट वा तृवेनीघाट बाट जलबोझी गरी फाल्गुनको तेरस अर्थात शिवरात्रीका दिन आफ्नो नजिकमा रहेका शिवालयमा जल चढाएर चतुर्दशीका दिन गाउँका देवीदेवता लाई जल चढाएर घर फर्किने चलन रहेको छ।

सत्युगमा पालना गरिने धार्मिक नियम अनुसार व्रत, ब्रह्मचर्य, सत्य बोल्ने, अहिंसा, मन, वचन र कर्ममा शुद्धता, मांस मदिरा त्याग, लसुन प्याज जस्ता तामसिक भोजनको त्याग, भुइँमा सुत्ने, नाङ्गो खुट्टा हिँड्ने, दिनमा एक छाक मात्र प्रसाद ग्रहण गर्ने, हरहर महादेव जप गर्ने, क्रोध नगर्ने, झुट नबोल्ने, कसैको निन्दा नगर्ने, दानपुण्य गर्ने र निरन्तर भगवान शिवको ध्यानमा रहने जस्ता नियम कडाइका साथ पालना गरिन्थ्यो। यही धार्मिक अनुशासन र संयमलाई आधार मानेर आज पनि ठूलो कावर यात्रामा ती नियमहरू पालन गर्ने चलन रहेको छ, जसले यस यात्रालाई केवल परम्परा मात्र नभई आत्मशुद्धि र धर्मपालनको माध्यम बनाएको छ।

आश्चर्यको कुरा के छ भने कावरमा यात्रा गरिरहेको बेला नै बिना औषधि पनि कुनै रोग निको भएको अनुभव भक्तजनहरूले गर्ने गर्छन् भन्ने जनविश्वास रहेको छ। कठोर व्रत, संयम, उपवास, निरन्तर जप, आत्मस्वीकारोक्ति र सामूहिक अनुशासनका कारण शरीर र मनमा सकारात्मक परिवर्तन आउने विश्वास गरिन्छ, जसलाई भगवान शिवको कृपाको रूपमा लिइन्छ।

तसर्थ आज पनि यदि ती सत्युगका जस्ता कर्म, व्रत, संयम, शुद्ध आचरण र धार्मिक अनुशासन जगेर्ना गरियो भने यस्ता धेरै रोग तथा दुःखकष्टहरूको सामना गर्नै नपर्ने हो कि भन्ने विश्वास समाजमा देखिन्छ। त्यसैले केवल अनुष्ठान मात्र होइन, जीवनशैलीका रूपमा सत्य, अहिंसा, ब्रह्मचर्य, शुद्ध भोजन, संयम र भक्ति जगेर्ना गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ। यही नै बोलबम तथा ठूलो कावर यात्राको गहिरो सन्देश मानिन्छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed