विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कनोडियाको घरदैलो कार्यक्रम ;  पक्षमा जनताको बलियो समर्थन 

सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
कपिलवस्तु, फागुन ५

नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरेंद्र कुमार कनोडियाको घरदैलो तथा भेटघाट अभियानलाई तीव्रता दिएका हुन्।नेकपा एमालेका
उमेदवार कनोडिया क्षेत्रका विभिन्न गांउमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा आज नेकपा एमालेकका उम्मेदवार कनोडियाको घरदैलो कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता  रहेको थियो।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कनोडियाले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकास र महिलाको अधिकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन्। यी विषयहरू आफ्ना चुनावी प्रतिबद्धतामा समावेश रहेको उल्लेख गर्दै निर्वाचित भएपछी कार्यान्वयनमा विशेष जोड दिने प्रतिबद्धता जनाएका हुन्।
 घर–घरमा पुगेर मतदातासँग भेटघाट गर्ने क्रममा ज्येष्ठ नागरिकहरूको आशीर्वाद, दाजुभाइ–दिदीबहिनीको साथ, युवापुस्ताको उत्साह र वृद्धवृद्धाको विश्वासले परिवर्तनको अपेक्षा झनै प्रस्ट देखिएको कनोडियाले बताए।
कार्यक्रमका क्रममा उम्मेदवार कनोडियाले जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास, सम्मानजनक जीवन र अवसरको समान पहुँच र शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमलाई स्थानीयले चुनावी प्रतिस्पर्धाभन्दा पनि अधिकार, सम्मान र उज्यालो भविष्यका लागि उठेको साझा आवाजका रूपमा लिएको बताएका छन् । जनसमर्थन र शुभेच्छाले निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास समर्थकहरूले व्यक्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार बिरेंद्र कुमार कनोडियाको घरदैलो कार्यक्रममा करिव ठूलो सँख्यामा मतदाहरुको ठुलो मात्रामा सहभागिता रहेको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed