विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विश्वको राजधानी न्युयोर्क (अमेरिका) मा भिजिट मधेसको बैनर सहित रयाली

सिम्रौन्गढ़ नपा psa

दिपु वर्णवाल, जेष्ठ ९।।  तराई मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटन प्रवर्द्धनको लागी जारी भिजिट मधेस नेपाल अभियान द्वारा नेपाल डे को अवसरमा विश्वको राजधानी न्युयोर्क (अमेरिका) मा भिजिट मधेस नेपालको बैनर सहित रयाली निकालिएको छ। नेपाल भ्रमण गर्ने आउने पर्यटकहरुलाई तराई मधेसको गन्तव्यको पनि भ्रमण गर्नु पर्ने जोड दिदै न्युयोर्कमा दोस्रो साल पनि यो कार्यक्रमको आयोजना गरिएको छ। यस अभियानका ग्लोबल कोर्डिनेटर राज सरार्फको नेतित्वमा गरिएको कार्यक्रममा यो अभियानले जारी गरेको डिजिटल प्लेटफर्म वेबसाईट ,मोबाइल एपको पनि सार्वजनिकिकरण गरिएको ग्लोबल कोर्डिनेटर राज सरार्फले बताए।

Karaiya Mai Notice Winter

अब विश्व सामु तराई मधेसमा रहेका धार्मिक, एतिहासिक, प्राकृतिक, पुरातात्विक, संस्कृतिक धरोहरहरुको सूचना प्रविधिबाट प्रवर्द्धन गरि तराई मधेसमा पर्यटनको बिकास गर्ने र मधेसको बिकास उत्थानमा टेवा पुर्याउने उदेश्यका साथ अभियान जारी रहेको संयोजक सरार्फले बताए।तराई मधेसको पहिचानलाई उजागर गर्नलाई नेपालको इतिहास मै पहिलो पटक यस्तो प्लेटफर्म तयार गरिएको ग्लोबल संयोजक राज सरार्फको दावी छ। न्युयोर्कमा निकालिएको रयालिमा अ्मित सिह,बिनोद साह,सुभास कुमार बैठा,हेमन्त सिह,रुबि साह,मनोज सिह,नारायण साह,सुनिल मेहता,कुनाल पटेल,कुन्दन साह लगायतका भिजिट मधेस अभियान संग सद्भाव राख्ने सयौं ब्यक्तिहरुको सहभागीता रहेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

तराई मधेसको पहिचान र धरोहरलाई रास्ट्रीय र बिस्वब्यापी रुपमा उजागर गर्दै बहु तहको सरकार,एवं उदेश्य मिल्ने संघ-संस्था,एजेन्सीसंग समन्वय एवं सहकार्य गर्दै अभियानलाई दिगो र परिणाम मुखी बनाउदै लैजाने अभियानका रास्ट्रीय संयोजक ओमप्रकाश सरार्फले बताएको छ। यो अभियान सफल बनाउनको लागि वातावरण तयार गर्न रास्ट्रीय टिम, प्रादेशिक टिम एवं २२ वटै जिल्लामा स्थानीय टिम एवं करिब एक दर्जन देशमा अन्तर्राष्ट्रिय टिम गठन गरिएको र सबैले उत्साह/उमंगका साथ अभियानको लागी लागी परेको संयोजक सरार्फले बताए। भिजिट मधेसको वेबसाईट र मोबाइल एपमा तराई मधेसमा रहेका गन्तव्यहरुको अधिकतम डाटा हरु समेत अपलोड गरिसकिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed