CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौनगढ पावरहाउस अन्तरगत पर्ने सेवाग्राही अति जोखिममा : संबंधित निकाय गैरजिम्मेवार

फेटा GP PSA
1,667
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा, जेष्ठ १२ ।। सिम्रौनगढ पावरहाउस अन्तरगत पर्ने बिधुत सेवाग्राही हरु अति जोखिममा परेका छन। आज चार दिन देखि बिधुत सेवा आवरुद्ध हुदा पनि स्थानीय निकाय तथा संबंधित निकाय केही गर्न नसकेको स्थानीयहरुले गुनासो गरेका छन।

केही बिधुतका कर्मचारीहरुले बदमासिका कारन स्थानीयहरु अति जोखिममा परेको स्थानियहरुको आरोप रहेको छ। सिम्रौनगढका फ्युज सेवाका प्राबिधिक रामरुप रामले पोल गाड्ने कर्मचारीहरु लाई पोल गाड्ने बेलामा म पोलको खाल्डो पुरी दिन्छु भनी पठाइ आफू लापरबाही गर्दै हिजो लापाता भएको आदर्शकोतवाल गाउपालिकाका स्थानीयहरुले बताएका छन्  ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

लापाता हुदा पोलमा काम गरिरहेका हरुको भविस्य लाईन नकाटिएकोले समाप्त हुने समस्या खडा भेएको थियो। स्थानीयहरुले पावर हाउसमा पुगि पोलमा काम गरिरहेको बारे जानकारी गराए पश्चात् उनीहरुको जीवन सुरक्षित भएको थियो। त्यति मात्र न भइ बिधुत आपूर्ति बन्द भएकोले सब भन्दा ठूलो समस्या भने आम सधारन जन्ताको जीवन जोखिममा रहेको छ।

Karaiya Mai Notice Winter

कसैलाई यदि कुनै आपतकालिन परेको बेला संचार का सेवा मोबाइल, धान कुटि मिल आदि सेवाहरु अवरुद्ध भयेको छ। सब भन्दा ठुलो समस्या त्यो बेला हुने हो जब कसैलाई कुनै अस्पतालमा पुर्याउन एम्बुलेन्स बोलाउनु पर्यो भने संचार माध्यम नै बन्द हुनपुगेकोले समयमा अस्पताल पुर्याउन नसक्दा ज्यानै जाने सम्भावना समेत रहेको छ।

यो समस्या सिमौनगढ पावर हाउस अन्तरगत पर्ने सिमौनगढ नगरपालिका, पचरौता नगरपालिका, आदर्श कोतवाल गाउपालिका लगायतका सेवाग्राहीहरु मर्कामा परेका छन। स्थानीय हरु फ्युज सेवामा कार्यरत कर्मचारी हरु आ-आफ्नो नजिकका तथा केही नजराना लिरहेका व्यक्तिहरुको मात्र समयमा काम गर्ने गरेको समेत गुनासो गरेका छन ।

सिम्रौनगढ फ्युज सेवामा कार्यरत रामरुप रामको भनाइ अनुसार २८ वटा पोल मात्र ढलेको बताए तर जिल्ला बिधुत प्राधिकरण का प्रमुख गजेन्द्र चौधरी सङ यश बारेमा बुझदा भरखर चार दिन पहिला आएको हवाहुरीले ४० वटा पोल ढलेको बताए। क्रेन कतै नपाए हामी चडो सेवा सुचारु गर्न नसकेको बताए । घाम बढी भएको हुनाले कामदारहरुले पनि काम गर्न नमानी यस्तो समस्या हुन गएको प्राधिकरण प्रमुख चौधरीले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश