विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सामाजिक सदभावकाे पर्व रामदानकाे अवसरमा शुभकामना अादानप्रदान

सिम्रौन्गढ़ नपा psa
प्रभु यादव, बारा, जेष्ठ १२ ।।  सामाजिक सदभावकाे पर्व रामदानकाे अवसरमा शुभकामना अादानप्रदान तथा ईफ्तारी कार्यक्रम सम्पन भएकाेछ । धनगढि सरप्राईज युथ ग्रुपकाे सहयाेग तथा दलित जनजाती उत्थान केन्द्र बाराकाे समन्वयमा देवताल ७ रमपुर्वाकाे हावाहुरि प्रभावित मुस्लिम धर्मावलम्बिहरूलाई ईफ्तारि कार्यक्रम गरिएकाे दलित जनजाती उत्थान केन्द्र बाराका कार्यक्रम संयाेजक राजनारायण रामले बताएका हुन ।
साे अवसरमा स्थानीय अगुवा रामनारायण मणडलले हिन्दु मुस्लिम शिख ईसाई सबै एक भाइ हाे । सबैले सबैकाे धर्मकाे सम्मान गर्नुपर्छ । अापसमा भएकाे दुखसुखलाई बिर्सेर हसिखुसीका साथ रामदान मनाउनकाे लागि अाग्रह गरे । अापत विपदमा हुने समस्यालाई सामाधान गर्नका लागि अान्तरिक श्राेतहरूलाई सदुपयाेग गरे जाेखिमलाई न्युनिकरण गर्न सहज भएकाे बताए ।

स्थानीय मुस्लिम समुदायका माेल्बिले धनगढिका युवाले देखाएकाे सदभावपुर्ण ईफ्तारिबाट हामी सबैलाई सहयाेगी भावनाकाे बिकास गर्न उर्जा मिलेकाे बताए । साे अवसरमा दलित जनजाती उत्थान केन्द्र बाराका लेखापाल जितेन्द्र ठाकुरकाे सहभागिता रहेकाे थियाे ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed