विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वडा अध्यक्ष र नगर प्रमुखको मिलोमतोमा मापदण्ड बिपरित बाटो निर्माण

सिम्रौन्गढ़ नपा psa

उषा सरदार , बिराटनगर
बिराटनगर महानगरपलिकाका मेयर भिम पराजुली र वडा अध्यक्ष
असलम आलमको मिलोमतोमा बिराटनगर वडा न १५ मा मापदण्ड बिपरित बाटो निर्माण गरिएको भन्दै स्थानीयहरुले बिरोध जनाएको छ।
आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै स्थानीयहरुले वडा न १५ स्थित प्रजातन्त्र मार्ग रानिपथ हड्ताली हाट देखि मलाया रोड सम्म १५ मिटर फराकिलो बनाउने मापदण्ड रहे पनि मेयर पराजुलीको ठाडो निर्देशन र वडा अध्यक्ष समेतको सहमतिमा केही स्थानीय मानिसहरुको घर पर्खाल जोगाउन आर्थिक प्रलोभनमा परि १० मिटर मात्र पक्की नाला सहित कालो पत्रे गरि सडक बिस्तार गरन लागेको स्थानीयहरुको आरोप रहेको छ।
स्थानीयहरुले उक्त निर्माण कार्य रोकि पाउ भनी उच्छ अदालतमा रिट निषेधायुक्त परमादेश ०७५- wo-०२६६ मुद्दा  दायर गरिएको थियो जसमा २०७५-१२-२८ गते अदालतले १० मिटर बाटो तत्काल निर्माण कार्य नगर्नु भनी आन्तरिम आदेश गरेकोमा उक्त आदेशको अवज्ञा गर्दै १० मिटर बाटो निर्माण गरिरहेकोले उनिहरु माथी अदालतको अवहेलनाको मुद्दा २०७६-२-८ गते दायर गरि कारबाही युक्त अबस्थामा रहेकोे बताउनु भयो।
स्थानीयवासीहरुले घर पर्खाल जोगाइदिए बापत १५ लाख लेनदेन गरेको कुरा प्रेस बिज्ञप्तिमा उल्लेख रहेको छ। आर्थिक लोभ लाल्चमा परि नगरको समृद्धि बिकासमा असर पुग्ने कार्य गरेकोमा उक्त कार्यको घोरभर्सना गरेको छ।
साथै उनिहरु उपर अख्तियार अनुसन्धान आयोगमा उजुरी गर्ने समेत बताउनु भयो ।
साथै उक्त कार्य तत्काल रोकन सम्पुर्ण सरोकार पक्षहरु सङ पहल्को माग समेत गरेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed