CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

१ सय५०जाना ले लिए निशुल्क पाठेघरको जाच

फेटा GP PSA
1,135
सिम्रौन्गढ़ नपा psa

कौशल निरौला, विराटनगर ।।  सामाजिक क्षेत्रमा कार्य गर्दे आएको जीयर शैक्षिक संस्था विकास, तरंगिणी शाखा मोरङले विराटनगरमा निःशुल्क पाठेघर परिक्षण गरेको छ । उक्त संस्थाले विराटनगर महानगर स्थित वडा नं. ४ मा महिलाहरुलाई लक्षित गरी शनिवार स्वास्थ्य शिविरको आयोजना गरेको हो । स्वास्थ्य शिविरमा १ सय ५० जना महिलाहरुले निःशुल्क पाठेघरको परिक्षण गराएका छन् ।

विराटनगर महानगरकी उपमेयर इन्दिरा कार्कीले आफ्नो स्वास्थ्यका बारेमा आफै सचेत रहन आबश्यक भएको भन्दै पाठेघर परिक्षण आफुबाटै शुरु गरेकी थिइन् । धार्मिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल जियर शैक्षिक संस्थाले भारत र नेपालका विभिन्न भागमा काम गर्दे आएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

क्रोलोस्कोपी मेसिनद्धारा महिलाहरुको पाठेघरको परिक्षण गरिएको थियो । विराटनगरका विभिन्न अस्पतालका डाक्टर र स्टाफनर्सहरुले सेवा प्रदान गरेका थिए । पाठेघरको समस्या विराटनगरमा बढी देखिन थालेकाले महिलाहरुलाई लक्षित गरी शिविर संचालन गरिएको संस्थाका अध्यक्ष युवराज धितालले जानकारी दिए ।

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगर महानगरको सहयोगमा १९ वटै वार्डमा यसखाले सेवा दिन महानगर लागेको बताए । जियर शैक्षिक संस्था विकास, तरंगिणी शाखा विराटनगरको समन्वयमा विगत १ बर्षदेखी आफ्नै पहलमा उत्कृष्ठ सेवा प्रबाह भइरहेको भन्दै खुशी ब्यक्त गरे ।

सो अवसरमा लक्ष्मीनारायण मन्दिर पिपलचोकका अध्यक्ष कुमार खतिवडा, आदर्श महिला समुहकी अध्यक्ष तारा फुयाल,संयुक्त टोल संगठनका अध्यक्ष राजेश मास्के,स्वास्थ्यकर्मीहरु डां.सोमा गुप्ता ,रन्जिता पराजुली, इन्दिरा पोख्रेल ,पुनम गिरी,समाजसेवी अमृता धिताल लगायतको उपस्थीति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश