CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रेस स्वतंत्रता मा अंकुश सरकार को सुनियोजित रणनीति

सरकारले यो पेशाको सुरक्षा गर्नु पर्ने

फेटा GP PSA
3,022
सिम्रौन्गढ़ नपा psa

उषा सरदार
विराटनगर जेठ २२ । पत्रकारिता पेशालाईनै मारमा पार्ने गरी संघिय सरकारले संसदमा पेश गरेको मिडिया काउन्सील विधेयक खारेज गर्न सरोकारवालाहरुले माग गरेका छन ।
आज नेपाल पत्रकार महासंघ मोरङले विराटनगरमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले जुन देशमा प्रेस स्वतन्त्रता हुदैन त्यो देश समृद्धितर्फ जान नसकने भन्दै उनिहरुले विधेयक खारेज गर्नु पर्ने माग गरेका छन ।
अन्तरक्रिया कार्यक्रममा सहभागि पेशाकर्मी, अधिकारकर्मी, राजनीतिकर्मी, पत्रकार, ब्यवसायि सबैले पत्रकार महासंघले विधेयक विरुद्ध गरिरहेको आन्दोलनमा साथ दिने प्रतिबद्धता जनाउदै सरकारले पत्रकारीता क्षेत्रलाई निरङकुश ढंगले चलाउन खोजेको आरोप लगाएका छन ।
सहभागिहरुले भ्रष्टाचार, ढिलासुस्तीको विषयमा लुकेको कुरा निकाल्ने गरको पत्रकारनै कारवाहीको डरले समाचार सम्प्रेषण गर्न छोडे यी विषय झन मौलाएर जाने भएकोले प्रेसले स्वातन्त्रतापुर्वक काम गर्न पाउनुपर्ने वातावरण सरकारले बनाउनु पर्ने बताए । उनिहरुले पत्रकारहरु मर्यादा र अनुशासनमा रहन पनि आबश्यक भएको भन्दै केही पत्रकारको गलत प्रबृतिले गर्दा यस्तो विघेयक ल्याउन सहयोग पुग्ने गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश एकको महासचिव विवेक गौतमले सरकारले ल्याउन लागेको मिडिया काउन्सीलको विधययकको बारे सबैलाई जानकारी गराउदै सरकारको यो कार्य कुनै हालतमा मान्य नहुने बताए ।

Karaiya Mai Notice Winter

कार्यक्रममा समाजबादी पार्टी नेपाल, एक नम्बर प्रदेश संसदिय दलका नेता जयराम यादवले स्वतन्त्र मिडियालनैे देश विकसित हुने भन्दै मिडियालाई बञ्चित गरेर गए मुलुकको अवस्था विग्रदै जाने भन्दै विधयक संसोधन हुनुपर्ने बताउनुभयो । उनले पत्रकारीता देशको चौँथो अंग भएको हुनाले सरकारले यो पेशाको सुरक्षा गर्नु पर्ने बताए । उनले छिमेकी राष्ट्र भारतको उदाहरण दिदै नेपालको पत्रकारीता जगतमा त्यसतै स्वतनत्रता हुनु आवशयक रहेको बताए ।
यसैगरी नेपाली कांग्रेस, प्रदेश एकका प्रमुख सचेतक केदार कार्कीले सुनियोजित रुपमा मिडियालाई खुम्च्याउन ल्याइएको विघेयक फिर्ता हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले यो पत्रकारको मात्र विषय नभई नागरिक स्वतन्त्रताको विषय रहेको बताउनुभयो ।
उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे र मोरङ ब्यापार संगका अध्यक्ष पवन सारडाले विघेयक धेरै कडा भएको भन्दै सचेत हुन आग्रह गर्दै कारवाही प्रकृया सम्म जानु पर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ प्रदेश महासचिब विबेक गौतम र मोरङ अध्यक्ष बन्धु पोखरेलले समाचारका माध्यबाट विकृति भ्रष्टाचारका समाचार आउने भएपनि यो विघेयकले अबरोध गर्ने भएकोले आन्दोलन गर्नुपर्ने बताउनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश