विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

मन्त्रालय लाइ अटेरी गर्ने अधिकृत निलंबनमा

सिम्रौन्गढ़ नपा psa

 

karaiya holi 2082
विकास पाण्डे, रौतहट //  रौतहट सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बनमा परेका छन्। पटक–पटक सरुवा हुँदा पनि तोकिएको स्थानमा नगएपछि संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्कीलाई निलम्बन गरेको हो।
जेठ १ गते शैल्यशिखर नगरपालिका दार्चुलामा कामकाज गर्न खटाइएकोमा उक्त कार्यालयमा हाजिर हुन नजानुका साथै मन्त्रालयले तीन दिन भित्र खटाइएको कार्यालयमा हाजिर हुन लिखित रुपमा पत्राचार तथा मौखिक निर्देशन समेत दिदाँ नगए पछि मन्त्रालयले २ महिनाको लागि निलम्बन गरेको छ।
पटक–पटक सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई फिर्ता जानुपर्ने तथा संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्यभार दिएका दासलाई बहाल गर्नुपर्ने बिरोध प्रदर्शनकारी हरुको माग छ । सरकारले पटक–पटक सरुवा गर्दा पनि सरुवा भएको ठाउँमा कार्की नजाँदा अनेक शंका उब्जाएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन समेत गरेका थिए।
Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed