विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

एकल गायन र एकल नृत्य दक्षतालाइ सान्दर्भिक मंच प्रदान गर्दै प्यावसन बिराटनगर

सिम्रौन्गढ़ नपा psa

उषा सरदार , बिराटनगर

karaiya holi 2082

प्यावसन बिराटनगरले एकल गायन र एकल नृत्य प्रतियोगिता गर्ने भएको छ। आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै प्यवसन बिराटनगरले सबैको लागि , सधैको लागि, राष्ट्रको शिक्षा ,कलाको लागि , प्यवसन आँगन भन्ने मुल नाराका साथ बिद्यार्थीहरुको अन्तरनिहित कलाकारिता दक्षतालाई सान्दर्भिक मंच प्रदान गर्ने उदेश्यले एकल गायन र एकल नृत्य प्रतियोगिता गर्न लागेको प्यावसन बिराटनगरको अध्यक्ष ईन्द्र राईले बताउनु भयो। सो कार्यक्रममा बिराटनगर , बुढिगंगा , ग्रामथानमा रहेको ६० प्यावसन सदस्य बिधालयहरुबाट तीन सय बिद्यार्थीहरु कार्यक्रममा सहभागी हुनेछ्न कक्षा दस सम्म अधयनरत बिद्यार्थीहरुले रु एक हजार प्रवेश शुल्क तिरेर भागलिन पाउने छन।कार्यक्रममा अडिसन राउन्ड ,क्वार्टर फाइनल राउन्ड ,सेमिफाइनल राउन्ड र फाइनल राउन्ड गरि चार ओटा राउन्ड हुनेछ्न।सेमिफाइनल, फाइनलमा दुबै बिद्या सम्म २५/२५ र फाइनलमा १०/१० जना सहभगी छन्ने छन।उक्त कार्यक्रममा सेमिफाइनलमा २ दिन र फाइनलमा १० दिन अनिवार्य क्लोज क्याम्प राखी सहभागीहरुलाई बिज्ञहरु दारा प्राशिक्षित गरि सेमिफाइनल सम्म स्थानीय र फाइनलमा राष्ट्रीय ख्यतिपप्राप्त निर्णायकहरुबाट बिजेता छान्ने छन। बिजेतालाई नगद रु १५ हजार ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ भने ९ जना उपबिजेतालाई ट्रफि र प्रमाणपत्र प्रदान गरिने बताउनु भयो।अडिसन जेठ ३२ गते बिराटनगरको महेन्द्र होटेलमा गरिने छ भने साउन २४ गते ग्राणड फिनाले हुने प्रेस बिज्ञप्तिमा उल्लेख छ। कार्यक्रमको एकल नृत्य तरफ को प्राबिधिक सन्योजकमा निशचल राणा मगर रहेको छ भने एकल गायन तर्फको प्राविधिक सन्योजकमा सुमन श्रेष्ठ रहेको बताउनु भयो।उक्त कार्यक्रममा ४ लाख, ९५ हजार खर्च हुने अध्यक्ष राईले जानकारी गराउदै प्रतियोगिता निश्पक्ष र भैरहित बाताबरणमा भब्य र सभ्य तरिकाले हुने बिश्वश दिलाउनु भयो।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed