विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

ग्यास विक्रेताहरु द्वारा आन्दोलनको चेतावनी

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर //  एलपी ग्यास विक्रेता संघ मोरङले विक्रेताहरुको माग पूरा नभये आन्दोलनमा जाने चेतावनी दिएको छ। नेपाल सरकारले ग्यास विक्रेताका लागि छुट्याएको ५ रुपैया ४७ पैसा ग्यास उद्योगहरुले कपट पुर्ण ढंगबाट कब्जा गरेको भन्दै फिर्ता नदिए आन्दोलनमा ओर्लिने ग्यास बिक्रेताहरुको भनाइ रहेको छ।

विराटनगरमा सोमबार एल.पि. ग्यास विक्रेता संघ मोरङले पत्रकार सम्मेलनको आयोजना गरी नेपाल सरकारले २०७६ बैशाख १२ गतेदेखि लागु हुनेगरी दिएको २७ रुपैया ४७ पैसा उद्योगले हडपेर बसेको बताएको छ । २०७५ साल फागुनमा भएको एल.पी. ग्यास विक्रेता संघ र एल.पी. ग्यास उद्योग संघको संयुक्त आन्दोलन पश्चात नेपाल सरकारले उद्योगलाई २२ रुपैया र ग्यास विक्रेतालाई ५ रुपैया ४७ पैसा दिनेभनी घोषणा गरेकोमा उद्योगलेनै एकमुष्ट २७ रुपैया ४७ पैसा लिने गरेको बताइयो ।

karaiya holi 2082

पत्रकार सम्मेलनमा बोल्दै ग्यास विक्रेता संघ,मोरङका अध्यक्ष सरल राज पोखरेलले ग्यास उद्योगहरुले नेपाल सरकारले ग्यास विक्रेतालाई दिनु भनि तोकेको ५ रुपैया ४७ पैसा नदिएको बताए । बिक्रेताहरुका आनुसार हामीले खाईपाई आएको रु ४० मा ५ रुपैया ४७ पैसा थप गरि पाउनु पर्ने माग उहाँ हरुको रहेको छ।उक्त संघमा ४ सय डिलर आबद्ध रहेको छ भने एक दिनमा ४ हजार भन्दा बढि ग्यास खप्त हुने गरेको संघको सचिब सूर्यमान बज्राचार्यले बताए।

Prasauni holi 2082

संघले घोषणा गरेको आन्दोलनको कार्यक्रम आन्तर्गत जेठको २८ देखि असारको ३ गतेसम्म कालो पट्टी बाँधी विक्री वितरण, असार ४ मा जिल्ला प्रशासन कार्यालय र आयल निगममा ज्ञापनपत्र बुझाइने, असार ७ गते वृहत्त विक्रेता भेला, असार ८ गते जिल्ला प्रशासन कार्यालयमा चाबी हस्तान्तरण, असार ९ गते उद्योगबाट ग्यास नमगाउने र असार १२ गतेसम्म ग्यास मोज्दात सकी विक्री वितरण नगर्नेसम्मका आन्दोलनका चरणहरु उल्लेख गरिएको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed