CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भ्यानको ठक्करबाट १ को मृत्यु, २ घाइते

फेटा GP PSA
974
सिम्रौन्गढ़ नपा psa

उषा सरदार ,बिराटनगर //  मोरङको धनपालथान गाउँपालिका-४ गदिया खोला नजिक आज भ्यानको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

रंगेली बिराटनगर सडक खण्डमा बिहान ६ बजेको समयमा एन.एम.सी. डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका-४ बस्ने बर्ष १२ को मोहमद जवार, बर्ष १८ को मोहमद कैफ र बस्ने बर्ष १५ को अफसार अन्सारीलाई ठक्कर दिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

ठक्करबाट गम्भीर घाइते तिनै जनालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा मोहमद जवारको बिहान साढे ६ बजे मृत्यु भएको हो भने २ जनाको सोही अस्पतालमा उपचार भईरेहेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका-७ बस्ने बर्ष २२ को गोविन्द प्रसाद अधिकारीलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश