विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोकसेवा आयोगको विज्ञापनको विरोधमा आयोग प्रमुखको पुतला दहन

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,३० जेठ/
लोकसेवा आयोगमार्फत कर्मचारी भर्नाका लागि गरिएको विज्ञापन समावेशी नभएको भन्दै अनेरास्ववीयू पर्साले आयोग प्रमुखको बिहिबार पुतला दहन गरेको छ ।
अनेरास्ववीयू पर्साका अध्यक्ष मित्रदेव यादवको अगुवाईमा वीरगन्ज घण्टाघर चोकमा आयोग प्रमुखका पुतला दहन गर्दे आयोगका प्रमुख उमेश मैनालीको राजिनामाको माग समेत गरेका थिए।
लोकसेवा आयोगमार्फत कर्मचारी भर्नाका लागि गरिएको विज्ञापन समावेशी नभएको , सरकारले सार्वजनिक गरेको विज्ञापन विभेदकारी एवं संविधान विपरित रहेको भन्दै विरोध स्वरुप प्रतिलिपी जलाइएको उनीहरुको भनाई छ ।
उनीहरुले आफ्नो अधिकार रक्षाका लागि संविधान विपरित रहेको विज्ञापनको विरोध र आरक्षण विनाको विज्ञापन खारेज गर्न माग गर्दै नारावाजीसमेत गरेका थिए । पुतला दहन कार्यक्रममा अनेरास्ववीयू केन्द्रिय सदस्य शिवम साह, ठाराब ईकाई अध्यक्ष मेराजुल हवारी , विद्यार्थी नेताहरु रामबाबु मंडल , संदीप यादव, नसिम अख्तर ,विकेश यादव , पंकज मिश्रा , जेयाद अंसारी लगायतको सहभागीता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed