विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चक्रपात भुमरी पिडित उपेक्षित, खुल्ला अकासे छतमा बस्न बाध्य

बिरोधमा सिडियो कार्यालय घेराउ

सिम्रौन्गढ़ नपा psa

बारा //  बारा जिल्लाको सुवर्ण गाउपालिका वडा न. ४ हर्दियाका चक्रपात भुमरी पिडित उपेक्षित भएकोले सदरमुकाम कलैयामा उपेक्षित रहेका पिडित हरुले जिल्ला प्रशासन कार्यालय बिहिवार ३० गते घेराउ गरेका थिए ! गाउबाट करिब २०० जना पिडितहरुले सदरमुकाममा पुगी घेराउ गरेका थिए !

जनप्रतिनिधिले जनताको प्रतिनिधित्व  नगरी पार्टी कार्यकर्ता को मात्र प्रतिनिधित्व गरेको पिडितहरुको आरोप रहेको छ ! जनप्रतिनिधिहरुको चासबासमा बस्ने हरुको मात्र घर बनाउन लागि हामी उपेक्षितले भोट नदिएको भन्दै बेवास्ता गरेको आरोप लगाएका छन् !

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जसको घर भत्केको छैन र जनप्रतिनिधिले आफ्नै लागि ४-४ वटा सेड बनाइ रहेका छन् तर जसको भत्केको छ उसलाई उपेक्षित गरिदै फोहरी राजनीति गरेको पनि आरोप लागाएका छन् ! स्थानीय अशोक यादवको नेतृत्वमा तीन सुत्रिय मागराख्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरि प्रमुख जिल्ला अधिकारि राजेश पौडेल लाइ गुहार गर्दै ग्यापन पत्र बुझाएका छन् !

Karaiya Mai Notice Winter

प्रमुख जिल्ला अधिकारि पौडेल लाइ गुहार गर्दै बुझाइएको ज्ञापन पत्रको कुनै वास्ता नगरी गाउ बाट भिड जम्मा गरि नास्ता खाएर राजनीति गरेको उल्टै आरोप लगाएको यादवले बताए ! वास्ता नगरेकोले चक्रपात भुमरी पीडिहरुले भारत चौकमा रहेको देवकिलाल धर्मशालामा पत्रकार समेलन गरि हामि पिडितको पिडा स्थानीय तहदेखि जिल्ला सम्म कसैले नसुन्ने भएकोले हामि निमुखा जनता बिचलिमा परेको गुनासो पोखेका छन् !

गोपाल प्रसाद यादव, लोकेश कुमार यादव, अवधेश कुमार यादव, ससिभुसन यादव, उमासंकर प्रसाद यादव, शैल देवी शार्धा देवी, गिरिजा देवी, शान्ति देवी, प्रभावती देवी यादव, अनिता माझी, लालबिबी यादव, सुमिन्त्रा देवी लगायका स्थानीयहरू को अनुसार पक्कि घर भएका भवन राम, कृष्णा राम, ४ वटा सेड वाडा सदस्य मन्तुरानी देवी राम, र जटाशंकर को पूर्ण क्षति नभए तापनि ४-४ वटा सेड, रुपनारायण यादव, बैदार प्रसाद यादव, लालाबचन यादव, रोजमहमद लगायताका हरुको घर बनाउदै गरको बताएका छन्!

पत्रकार समेलनमा वडा अध्यक्ष देलेंद्र यादव र गापा अध्यक्ष महेंद्द्र यादवले मिलि पिडितको ठाउमा गैर पिडितहरुको घर बनाउन लागेको बताएका छन् ! मन्त्रि परिसद बाट पारित भएर आएको पत्रलाई नमानी आफ्नो मनमानी ढंगले जिल्ला प्रशासन कार्यालय र जनप्रतिनिधिहरुले आ-आफ्नो आसेपासेको घर बनाउन लागेको गुनासो गरेका छन् ! पिडित हरुका लागि पिडित संघर्स समिति बनाएको अशोक यादवले बताएर गैर पिडितको नबाई वास्तविक पिडितको घर बन्नु पर्ने, लगायतको तीन सुत्रिय मागराख्दै ज्ञापन पत्र बुझाएका छन् !

जिल्ला विपद व्यवस्थापन समिति बाराको तत्यांक अनुसार उक्त गापाको वाडा न. १ मा १२१, ४ मा २००, ५ मा ३२, ८ मा १११ घरधुरी को घर बनाउन लागिएको मध्ये वास्तविक पिडितको घर नबनाई गैर पिडितको घर बनाइ रहेको गुनासो गरेका छन् ! जुलुसमा करिब २०० जना स्थानीय हरुको सहभागिता रहेको थियो !

प्रमुख जिल्ला अधिकारि पौडेल संग बुझ्दा केहि व्यक्ति हरुलाई उचालिएर राजनीति गरेर भिड लगाउन आएको हो त्यस्तो कुनै पनि त्रुटी नहोस भन्ने उदेश्यले हामि आफि स्थलगत निरिक्क्षण गरि प्रक्रिया अगाडी बढाउदै घर बनाउन लागिएको बताए ! यदि त्यस्तो कोहि छुटेको बारे सेनाका नेतृत्व गरि रहेका सहायक रथी विनय बिक्रम राणा संग बुझ्न लाइ बताए !

सहायक रथी राणा संग बुझ्न लाइ सम्पर्क गर्न खोज्दा मोबाइलमा कल डाइभर्ट भएकोले सम्पर्क हुन् सकेको छैन ! प्रदेश २ का सचिव दिपक सुबेदीका अनुसार त्यस्तो फोहरी राजनीति हुन् नसक्ने हो किन भने जिल्ला प्रमुख नजिकका पुलिस चौकी र वाडा अध्यक्ष को रोहबरमा सबै सुची तयार गरि घर बनाउन लागिएको बताए !

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed