विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संविधानको दर्जनौ दफामा संशोधन आवश्यक

सिम्रौन्गढ़ नपा psa

विराटनगर । बृहत मधेशी नागरिक समाजले छैठो स्थापना दिवसको अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा अधिवक्ता रामलाल सुतिहारले मधेशीको हकहितलाई सुरक्षित गर्ने हो भने नेपाल सरकारले जारी गरेको संविधानको दर्जनौ दफाहरुमा संशोधन गर्नुपर्ने विचार औल्याएको छ ।
संविधानको प्रस्तावना मै माओवादीको आन्दोलन, राजनीतिज्ञ दलका आन्दोलन उल्लेख गरेता पनि मधेश जनविद्रो उल्लेख नगरी मधेश आन्दोलनलाई अपमानीत गर्न खोजेको आरोप लगाउंदै प्रस्तावनामा मधेश जनविद्रोह उल्लेख गर्नुे त्यसै गरी धर्मनिर्पेक्ष शव्दमा अलमलाएको प्रष्ट पार्नु पर्ने, विदेश नागरिकलाई नागरिकता दिंदा दोस्रो नागरिकको दर्जा दिएको, समानुपाति र समावेशी शव्दहरु मिलाउनु पर्ने, कलस्टरहरुमा अनावश्यक झमेला रहेको लगातयका ३० बुद्धाहरुमा संविधान संशोधन आवश्यक रहेको यी संशोधन नहुंदा सम्म मधेशी समुदाय अधिकारवाट बञ्चित रहने वताएका थिए ।

Karaiya Mai Notice Winter


त्यसैगरी प्राध्यपक राजेन्द्र प्रसाद गुप्ताले शासक वर्गले मधेशी समुदायले शुरुदेखि ठग्दै आएका छन् । तर अहिले त मधेशीको नामवाट राजनीति गर्ने राजनीतिक दलहरु नै मधेशी समुदायलाई ठगी रहेको वताउंदकै मधेशी दलवाट सरकारमा सामेल भएका राजनीतक दल मधेशको लागि अपराधी भएको वताए ।
अखिल नेपाल पिछडा वर्ग मोरंग जिल्ला अध्यक्ष जय प्रकाश महतोले भने मधेशी–मधेशी भनेर मधेशी समुदायको अधिकार सुनिश्चित नहुने भन्दै पिछडावर्गको आरक्षण र पिछडावर्गको आयोग गठन गर्न जोड दिनु पर्ने वताएका थिए । त्यसैगरी मधेशी पत्रकार समाजका अध्यक्ष श्याम सुन्दर सुतिहारले भने मधेशी राजनीतिक दल, मधेशी संघ संस्थाहरुले मधेशीको नाममा सल्लाह सुझाव दिन अगाडी रहेको तर मधेशी समुदायको अधिकारको लागि अगाडी नबढने मानसिकताले मधेशको राजनीति पछाडि धकेलिदै गएको वताउंदै मधेशी समुदायको अधिकारको कुरा गर्ने शक्तिहरु वीच एकता गरी आन्दोलनको विकल्प नरहेको वताए ।
सो अन्तरक्रियामा जोगिन्दर यादव, जीवन गुप्ता, पुनम दास, हिरालाल साह, लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए । सो कार्यक्रम वृहत मधेशी नागरिक समाजका केन्दिय अध्यक्ष सुर्य नाथ प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed