विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समुदाय-प्रहरी साझेदारी कार्यक्रम बाराको कलैयामा सम्पन्न 

सिम्रौन्गढ़ नपा psa

बारा ।।  लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस जुन २६’ अन्तर्गत ‘प्रभात फेरी’       कार्यक्रम    गरिएको छ । जिल्ला बारा कलैया उ.म.न.पा. वडा नं.०१ स्थित जिल्ला प्रशासन कार्यालय कलैया बाट ‘लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस जुन २६’ कार्यक्रम अनुरुप जिल्ला समन्वय समितिका प्रमुख श्री नवलकिशोर सिंहको प्रमुख अतिथ्यमा भएको थियो । 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रम जिल्ला प्रशासन कार्यालयको गेट बाट सुरु भई भरतचोक, दही बजार, राजदेवी मन्दिर, एभरेष्ट लज, मक्षरघाटा चोक हुदै भरत चोकमा कोण सभामा परिणत भएको थियो । साथै, उक्त जनचेतना मुलक कार्यक्रममा कलैया उ.म.न.पा.का मेयर श्री राजेश राय यादव, जिल्ला प्रहरी कार्यलयका प्र.उ. सानुराम भट्टराई र सामुदायिक सेवा केन्द्रका अध्यक्ष महमद सगिर समेतले आ-आफनो मन्तब्य ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल १२ नं. गण हेकुवाँका स.प्र.उ. श्री प्रकाश थापा, राष्ट्रिय अनुसनधानको प्रमुख बिमल घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी श्री मुरारी कार्की, सरकारी वकिल कार्यालयका न्यायधिवक्ता श्री महेन्द्र थापा, समुदाय-प्रहरी साझेदारी जिल्ला समितिका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधी, जिल्ला स्तरीय हिंसा नियन्त्रण संजालका बबिता जैसवाल लगायत महिलाहरु, नागरिक समाज, स्थानिय पत्रकार, श्री दुर्गा मोडेल मा.वि, श्री ने.रा.मा.वि.मदर्शा र मनकामना सेकेन्ड्रि स्कुल कलैया का शिक्षक, शिक्षिका, छात्र, छात्राहरु, स्काउट प्रतिनिधिहरु लगायत सशत्र प्रहरी समेतको सहभागीता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed