CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हतियार सहित विप्लव समूहका कार्यकर्ता गिरफ्तार

फेटा GP PSA
713
सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर

विप्लव समूहका व्यक्तिहरूले हातहतियार देखाई विभिन्न व्यक्ति संघ संस्थाहरुबाट डर त्रासको आडमा चन्दा असुल्न बिशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा ईप्रका बेलबारीबाट खटाएको प्रहरी अधिकृत सहितको टोलीले मोरङ जिल्ला बेलबारी नगरपालिका वडा नं. ३ स्थित स्कुल डाँडामा को १७ प ४५८६ नम्बरको मोटरसाईकलमा सवार ब्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिका वडा नं. १२ बस्ने बर्ष ४० को अशोक राई तथा मोरङ जिल्ला कानेपोखरी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३४ को सुदिप भन्ने कंश धिमाल प्रतिवन्धित विप्लव समूहसंग आवद्द रहेकोले पक्राउ गरिएको छ।
प्रारम्भिक अनुसन्धानको क्रममा निजहरूले हतियार लुकाईराखेको खुलेपछी जिल्ला प्रहरी कार्यालय बाट खटिएका प्रहरी टोलिले गरेको खोजतलास अप्रेसनको क्रममा कंश धिमालको घरकोठामा लुकाई राखिएको अवस्थामा अटोमेटिक पेस्तोल (हतियार) नाल-२, ऐ.मा फिट हुने म्याग्जिन थान-४ र ऐ.ऐ मा लाग्ने गोली १४ (चौंध) राउण्ड समेत निजहरूकै रोहवरमा बरामद गरीएको,

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पक्राउ परेका अशोक राई जिल्ला जनपरिषद् प्रमुख रहेको तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको बुझिएको, निज कंश २०६६ सालमा उर्लावारी मंगलबारेस्थित सुनचाँदी पसलमा लुटपाट घटनामा डाँका मुद्दा चलाएको,२०६६ सालमा दमक, झापाको लक्ष्मी बैंक लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरेको बुझिएको,

त्यसैगरी निजहरूको प्रारम्भिक अनुसन्धानको क्रममा उर्लावारी न.पा-२ सालबारी बस्ने बर्ष . ४८ को केन्द्रलाल धिमाललाई निजको घरमा ३ नाल भरूवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने बारूद, छर्रा, नटबोल्ट, केप, वासर, पुल्थ्रोमा प्रयोग भएको कपडा लगायतका सामाग्री सहित समेत पक्राउ गरीएको । ३ थानमध्ये एउटा भरुवा बन्दुक लोड अवस्थामा रहेको,
पक्राउ परेका व्यक्तिहरूलाई तत्काल मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गतको हातहतियार तथा खरखजाना अन्तर्गतको कसुरमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय मोरंग ले जानये को छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश