विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नापी प्राविधीकहरुको बैंठक काठमाण्डौंमा सुरु

सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर
नेपाल–भारत संयुक्त सिमा सर्वेक्षण टोलीले दुईदेसको दसगजा सिमानामा एकहजार ५० वटा सिमास्तम्भ निर्माण गरी यसवर्षको काम रोकेका छन् ।
सिमा स्तम्भ निर्माण एवं सिमा विवादका विषयमा दुईदेसका प्राविधिक टोलीका विच बुधवार काठमाण्डौंमा बैंठक बस्दैछ ।

Karaiya Mai Notice Winter

बैंठकका लागि भारतीय टोली समेत नेपाल आईसकेको नापी विभागका सहसचिव दयानन्दन जोशीले जानकारी दिनुभयो । सिमा प्राविधीकहरुको बैंठक बुधवारदेखि शुक्रवार ३ दिनसम्म चल्नेछ ।
नेपाल–भारत अन्तराष्ट्रिय सिमा निर्धारण उच्चस्तरीय संयुक्त टोलीको निर्णय एवं निर्देशन वमोजिम सिमा सर्वेक्षण टोलीले टोलीले स्थानिय प्रशासनको समन्वयमा सिमा क्षेत्रको सर्भे गरी जीर्ण सिमा स्तम्भहरुको पुनः निर्माण र मर्मत तथा रंगरोगनको काम गरिरहेको नापी विभाग सिमा निगरानी संयुक्त टोलीका प्रमुख समेत रहेका सहसचिव जोशीे जानकारीदिनुभयो ।
विगत ५ वर्षदेखि नेपाल–भारत नापी विभागको संयुक्त टोलीले सिमानाको काम जारी राखेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

दुवैदेसले आपसी सहमतीमा सिमानामा ४ वटा टोली परिचालन गरेका छन् । १ नम्बर टोली पुर्व मेचीदेखि विराटनगरसम्म, २ नम्बर टोली विराटनगरदेखि चितवनसम्म, ३ नम्वर टोलीले नवलपुर जिल्लाको सुस्ताको विवादित भूमी छोडेर पश्चिम वर्दीयासम्म र चौथो टोली वर्दीयाको अन्तिम सिमादेखि सुदूरपश्चिमसम्म पुरै सिमानामा काम गर्ने कार्यादेश लिई काम जारी राखेका छन् ।
यसैविच ३ नम्वर नापी टोलीले रुपन्देही र कपिलवस्तुमा मात्रै जंगी मझौला र साना स्तम्भसहित दुईसय ८४ वटा सिमास्तम्भ बनाएको छ ।
जसमा भारतले जोर नम्वरका एकसय आठ वटा सिमास्तम्भ वनाएको छ । नेपाली टोलीले विजोर नम्वरका एकसय ७६ वटा सिमास्तम्भ निर्माण गरेको ३ नम्वर नापी टोली प्रमुख उमेश कुमारले जानकारीदिनुभयो ।
भारतको तर्फबाट ३ नम्वर नापी टोलीमा भारतीय समकक्ष अनुराग कुमार शर्माले गर्नुभएको थियो ।
नेपाली टोलीले यसवर्ष रुपन्देही जिल्लामा ४१ वटा र कपिलवस्तुमा एकसय ३५ वटा विभिन्न साईज र आकारका सिमास्तम्भ बनाएको छ ।
भारतीय नापी टोलीले रुपन्देहीमा ८ र कपिलवस्तुमा एकसय वटा सिमास्तम्भ वनाएका छन् । टोलीले मंसीरदेखि जेठ महिनासम्म सिमास्तम्भ निर्माण गरी सुर्की र सेतो चुन लगाएर रंगरोग गर्ने कार्य गरेको छ । टोलीले लक्ष्य अनुसार काम पुरा गरेको र वर्षा सुरुभएसंगै यसवर्षको काम स्थगीत गरेको उनले वताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed