CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विद्युत प्राधिकरण वीरगंज बिलिङ गरेको शत प्रतिशत महसुल संकलन गर्न सफल

फेटा GP PSA
673
सिम्रौन्गढ़ नपा psa

पर्सा ।।  नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले चालु आर्थिक वर्षको चैतसम्ममा विद्युत महसुल नबुझाउने झण्डै ६ सय ग्राहको विद्युत लाइन काटेको छ ।

प्राधिकरणले बारा पर्साका विभिन्न ठाउँका ५ सय ९८ ग्राहकको विद्युत लाइन काटेको केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

काटिएकामध्ये ५ सय ९५ जनाले पुन: लाइन जडान गरेको र त्यसबाट ५ करोड १४ लाख रुपैयाँ असुल भएको पनि उहाँले जानकारी दिनुभयो ।

साथै प्राधिकरणले ८७ ग्राहकलाई कालो सूचीमा राखेको छ । पटक पटक शुल्क असुलीको ताकेता गर्दा पनि नउठेपछि लाइन काटेर कालो सूचीमा राखिएको उहाँले बताउनुभयो । कालो सूचीमा परेका ८७ ग्राहक हरुबाट ४३ लाख वसुल भएको उहाँले बताउनुभयो ।

Karaiya Mai Notice Winter

यो बाहेक प्राधिकरण वीरगञ्ज शाखाले बिलिङ गरेको झण्डै शत प्रतिशत विद्युत महसुल संकलन भएको शाखा प्रमुख ठाकुरले जानकारी दिनुभयो । सडक बत्तीको शुल्क छाडेर बाँकी महसुल संकलन भएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको चैतसम्ममा प्राधिकरण वीरगंज वितरण केन्द्रले २ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ विद्युत महसुल उठाएको छ ।

शाखाले २ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ विलिङ गरेको थियो । यसमा सडक बत्ति लगायत अन्य विविध जोडिएकाले बढी बिलिङ देखिएको उहाँले बताउनुभयो ।

प्राधिकरण वीरगञ्ज शाखाले चुहावट अन्त्य गर्न विभिन्न स्थानमा अनुगमनका साथै हुकिङ गरेर विद्युत चोरी गर्नेलाई कारबाहीको दायरामा पनि ल्याइरहेको शाखा प्रमुख ठाकुरले बताउनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश