CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भक्तपुरमा जीवन उपयोगी सीप तालिम सम्पन्न

फेटा GP PSA
1,932
सिम्रौन्गढ़ नपा psa

अन्जना बिसुन्के, भक्तपुर ।।  युवाका साथ साथ आवाज  नेपालकाे आयाेजनामा, राष्ट्रिय युवा परिषद्काे सहयाेग र विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुकाे समन्वयमा ५५ जना युवाहरुलाई दुई दिने जीवन उपयोगी सीप तालिम सम्पन्न भएकाे छ।

तालिममा जीवन जीउने सीपहरु, सकारात्मक साेच, आत्मजागरण, प्रभावकारी सञ्चार, अनुभूति, अन्तरव्यक्ति सम्बन्ध, श्रृजनात्मक साेच, समालोचनात्मक साेचाई, तनाव व्यस्थापन, संवेग नियन्त्रण, निर्णय लिन सक्ने क्षमता, समस्या समाधान लगायत विषयमा प्रशिक्षक राजेश घिमिरे र सुशिला के.सीले प्रशिक्षण दिनु भएकाे थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

समापन सत्रमा प्रदेश सभा सदस्य शशी जङ्ग थापा, जि.स.स भक्तपुरका उपप्रमुख सरिता कुँवर, सुर्यविनायक न.पा. उपप्रमुख जुना बस्नेत, राष्ट्रिय युवा परिषद्का उपसचिव देवी प्रसाद अधिकारी, गै.स.स महांसघ भक्तपुरका अध्यक्ष साेम शर्मा बजगाईं, सुर्यविनायक कार्यपालिका सदस्य दिपक विसुन्के, संस्थाका संस्थापक र विभिन्न संघ संस्थाहरुकाे प्रमुख एंव प्रतिनिधिहरुकाे उपस्थितिमा संस्थाका काेषाध्यक्ष अमर शिवाकोटीले स्वागत गर्नु भएकाे थियाे भने कार्यक्रमकाे औचित्य र उद्देश माथी संस्थाका संस्थापक दिपेश विसुन्केले प्रकाश पार्नु भएकाे थियाे।

Karaiya Mai Notice Winter

प्रमुख अतिथि थापाले यस्ता तालिमहरुले युवाहरुकाे जीवन नै परिवर्तन हुने जसले गर्दा समाज र राष्ट्रलाई नै समृद्ध दिशा तर्फ उन्मुख पार्न मद्दत पुग्ने र यस्ता कार्यक्रम संग संगै उत्पादन शिल क्षेत्रहरुमा पनि आजका युवा पुस्ताहरु लाग्नु पर्ने विश्वास व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा अन्य अतिथि वक्ताहरुले जीवन उपयोगी सीप तालिमले युवाहरुलाई जीवन जिउने कला प्राप्त गरि सिकेका ज्ञान र सिपहरु अन्य युवाहरुलाई बाड्दै जानू पर्ने विश्वास व्यक्त गर्नु भएकाे थियाे ।

कार्यक्रमकाे सभाध्यक्ष संस्थाका अध्यक्ष राजेश घिमिरेले गर्नु भएकाे थियाे भने कार्यक्रम सञ्चालन संस्थाका सचिव श्रीकृष्ण थापाले गर्नु भएकाे थियाे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश