विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिक्षाको गुणस्तर शिक्षक माफीयालाई तह नलगाई  बढन् सक्दैन : सांसद यादव

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज ।।  समाजवादी पार्टी नेपालका प्रभावशाली युवा नेता एवम संघिय सांसद प्रदिप यादवले शिक्षा क्षेत्रमा अहिले धेरै सुधारको आवश्यक्ता रहेकोले शिक्षाको क्षेत्रमा राजनिति नगर्न शिक्षकहरुलाई आग्रह गर्नु भएको छ ।

संघिय शिक्षक फोरम नेपाल पर्सा शाखाको तेश्रो जिल्ला अधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सांसद यादवले बालबालीकाहरुलाई शिक्षा दिने ठाउमा राजनिति नगरिदिन शिक्षकहरुलाई आग्रह गर्नु भयो । शिक्षा क्षेत्रमा अहिले देखिएको बिकृतीका कारण पढाईको स्तर पनि राम्रो नभएको बताउदै सांसद यादवले भने यो प्रदेशमै शिक्षाको स्तर राम्रो बनाउन शिक्षकहरुको अहम भुमीका हुनु पर्नेमा जोड दिनु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

शिक्षाको क्षेत्रमा देखीएका केही माफीयाहरुका कारण शिक्षाको क्षेत्रमा सुधार हुन नसकेको बताउनु भयो । शिक्षक माफीयाहरुको कारण शिक्षाको गुणस्तरमा सुधार हुन सकेको छैन सांसद यादवले भने शिक्षाको क्षत्रेमा देखीएका माफीयाहरुलाई तह लगाएर शिक्षाको अवस्थामा सुधार ल्याउन तपाई हामी सबैको सहयोगको आवश्यक्ता रहेको बताउनु भयो ।

Karaiya Mai Notice Winter

संघिय सरकारले सामुदायीक विधालयको शिक्षामा बढी ध्यान दिएको जस्तो गरेपनि ग्रास लेबलमा अवस्था भने खोक्लो छ सांसद यादवले भने मिडीयामा मात्र ठुला ठुला कुरा गरेर सामुदायीक विधालयको अवस्थामा सुधार हुदैन । राहत शिक्षकहरुमा मधेशीको संख्या बढी रहेकोले सरकारले घर फिर्ता पठाउन खोजेको आरोप समेत लगाउनु भयो ।

शिक्षकहरुको समस्या आफुले एक हप्ता भित्र पुन संसदमा उठान गर्ने जानकारी गराउदै सांसदल यादवले भने राहत शिक्षकहरुलाई पुन बहालीका लागी कुनै कसर बाकी नराख्ने जोड दिनु भयो । संघिय सरकारले यदी राहत शिक्षकहरुलाई हटाउन खोजे प्रदेश २ को सरकारले निती बनाएर भएपनि राहत शिक्षकहरुलाई नियुक्ती दिन मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी,वीरगञ्ज महानगरका मेयर विजय कुमार सरावगी, पकाहामैनपुर गाउपालीका अध्यक्ष विजय चौरसीया,सखुवा प्रसौनी गाउपालीका अध्यक्ष प्रदिप जैशवाल,समाजवादी पार्टीका नेता राम नरेश यादव,सुन्दर कुर्मी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संघिय शिक्षक फोरम पर्साका अध्यक्ष बृजमोहन तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । आजै हुने बन्द सत्रबाट संघिय शिक्षक फोरमको नया जिल्ला कार्य समिती चयन हुने छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed