CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

साल फरक प्रश्न पत्र एउटै, जिम्मेवार स्थानीय निकाय अनभिग्य ,अभिभावक गैर जिम्मेवार दर्शक,

एतिहासिक जु.मा.वि.को शिक्षामा चरम लापरवाही

फेटा GP PSA
774
सिम्रौन्गढ़ नपा psa

रौतहट ।।   नेपालकै चौथो ऐतिहासिक शिक्षालयको रुपमा चिर परिचित रहेको जुद्ध उच्च माध्यमिक विद्यालय गौरले प्रथम त्रैमासिक परीक्षा अन्तर्गत लिईने परीक्षाको सामाजिक विषयको प्रश्न पत्रमा चरम लापरवाही गरेको देखिन्छ । साल मात्र फरक राखि २०७५ सालको प्रथम त्रैमासिक परीक्षाको प्रश्न पत्र दुरुस्तै (हुबहु) साल मात्र परीवर्तन गरी २०७६ सालको प्रथम त्रैमासिक परीक्षामा प्रश्न पत्र बालबालिकालाई दिनु विद्यालय, शिक्षक रस्थानीय सरकारको गैर जिम्मेवारीपूर्ण कार्य रहेको देखिएको छ ।


एकातिर शिक्षालाई मेरुदण्ड मान्ने संघ, प्रदेश र स्थानीय सरकारले लाखौं बालबालिकाहरुको मुल्यांकन विधिको लागि परिक्षा लिने गरीन्छ । तर सोही मुल्यांकनको अवमुल्यन गर्दै देशकै एतिहासिक विद्यालय जु.मा.वि.ले गौर नगरपालिकाभित्रको शिक्षामा भएको प्रगतिलाई प्रश्न पत्र मार्फत गिज्याईरहेको अनुभुति हुन्छ । समाजिक परीक्षाको प्रश्न पत्र हुबहु हुनु शिक्षकको अल्छीपना, विद्यालय प्रशासनको नालायकपन र स्थानीय सरकारको गैरजिम्मेवारीपूर्ण कार्य भएको प्रष्ट देखिन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

शिक्षा नै विकासको मेरुदण्ड हो भनेर हल्ला गर्दै हिँड्ने शिक्षाप्रेमी अभिभावक, सरोकारवाल निकायले यस विषयलाई सरल ठाने पनि यस विषयलाई सरल ठानिनु राजनितिककरण भएको बुझ्न सकिन्छ । यसै विषयलाई ध्यानाकर्षण गर्दै गौर नगरपालिकाको शिक्षा संयोजक गणेश गिरीलाई प्रश्न गर्दा ठाडै आफुलाई यसबारे कुनै जानकारी नभएको र प्रश्न पत्रको जिम्मेवारी विद्यालयलाई नै दिएको भन्दै समस्याबाट पंक्षिण खोज्दै अन्ततः विद्यालय र शिक्षकलाई आफुले तुरुन्त कारवाही गर्ने कुरा सम्वाददाता दिलिप पाण्डेलाई बताएका छन् ।

उतातिर सोही विषयलाई जिल्ला समन्वय इकाई समितिका उदव यादवलाई सो विषयको जानकारी गराउँदा आफु र आफ्नो मातहतका कर्मचारीहरुलाई यस विषयमा कुनै जानकारी नरहेको र यदि यस्तो प्रश्न पत्र दोहरीएको कार्य भएमा शिक्षाको जिम्मेवारी लिइएको स्थानीय सरकार गौर नगरपालिकाले चरम लापरवाही गरेको आफुले बुझेको र यस सम्बन्धी आफु थप अनुसन्धान गर्ने कुरा बताएका छन् ।

हजारौं बालबालिकाको भविष्यमा खेलवाड भइरहेको भएपनि स्थानीय अभिभावक मुख दर्शक भएर आफ्नै सन्तानको भविष्यलाई अन्धकारतिर धकेलिरहेको देखिन्छ । न त स्थानीय सरकार न त अभिभावक न त नागरिक समाज, विद्यार्थी स्वयंम्ले आफ्नो शिक्षाको बिरोध गर्न सकेका छन् ? यसरी नेपालकै एतिहासिक जु.मा.वि.को शिक्षा कस्तो छ र शिक्षकको ईमान्दारीता मधेशी सन्तानको लागि के शिक्षा दिइरहेको छन् भन्ने कुरा प्रश्न वाचक बनेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश