विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिचाई सुबिधा न हुदा आकासे पानीको भरमा पर्साको ग्रामीण क्षेत्रमा छिटफुट धान रोपाइँ

सिम्रौन्गढ़ नपा psa

मेघराज राय, जिराभवानी ।।  पर्सा जिल्लाका अधिकांश धान खेती हुने जमिन सुखा भएर बाँझै बनेका छन् । आकासे पानीको भर पर्दा जिल्लाका अधिकांश बस्तीमा अझै रोपाइँ सुरु हुन सकेको छैन पर्सा जिल्लाको ग्रामीण क्षेत्र अधिकांश खेतीयोग्य जमिन छ । त्यसमध्ये करिब आधाभन्दा बढीमा धान खेती हुने गरेको छ । अहिलेसम्म मुस्किलले १५प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पर्याप्त वर्षा नहुँदा र सडक खन्दा पुरिएका कुलो मर्मत नगरिँदा किसानले रोपाइँ अझै सुरु गर्न नसकेका हुन् । केन्द्रका अनुसार जिल्लामा अझै १० हजार बढी घरधुरीले रोपाइँ गर्न बाँकी छ । पानीका मुहान तथा सिँचाइ कुलोलाई ध्यान नदिई डोजरमार्फत जथाभावी सडकको लागी गिट्टी बालुवा उत्खनन गर्दा अहिलेसम्म बाँझै बनेका हुन् । जिराभवानी गाउँपालिकाको वार्ड नम्बर ५ शंकरसरैयाका मुक्ति दासले भने जथाभाबी खोला उत्खनन गर्दा कुलोको मुहान पुरिँदा र बहाब परिवर्तन हुदा सिचाईमा समस्या भएको बताए । पर्याप्त वर्षा नभएकाले अहिलेसम्म कती जनाले धावको बीउसमेत राख्न नपाएको उनले गुनासो गरे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

‘गत वर्षसम्म असारको पहिलो सातामै रोपाइँ सकिने गरेको थियो,’ उनले भने, ‘पर्याप्त पानी नपर्दा बीउ नै राख्न पाइएको छैन, भर्खर खेत जोत्ने काम सुरु गरेका छौं ।’ उनका अनुसार कुलोको मुहान परिवर्तन हुँदा ३ सय घरधुरीले अझै रोपाइ सुरु गरेका छैनन् । ‘रोपाइँ गर्नेगरी अझै पानी परेको छैन,’ उनले भने, ‘सिँचाइ सुविधा छैन, कसरी रोपाइँ गर्ने ?’ कुलो भएपनी पहिला जातीको पानी छैन पानीको भाग लगाउँदा लगाउँदै खेत सम्म पानी पुग्दैन तबसम्म अरूको पालो आउँछ ।सिचाईको समस्या हुँदा पनी किसानहरूको लागी गाउँपालिकाले कुनै पनी दिर्घकालिन योजना ल्याउन सकेको छैन ।

किसानहरूले ठाउँठाउँमा डिपबोरिगङको माग गरिए पनि बेवास्ता भएको उनको भनाइ छ । उनले सिँचाइ सुविधा नहुँदा व्यवसायिक तरकारी खेती गर्ने किसानहरू मारमा परेको गुनासो गरे । उनका अनुसार समयमै पानी नपर्दा किसानले खेतमा राखेको बीउ छिप्पिँदै गइरहेको छ । ए साताभित्र रोपाइँ नभए बीउ बढी हुर्किएर रोपाइँ गर्न समस्या हुने उनको दुःखेसो छ ।बाह्रैमहिना सिँचाइ लाग्दा ३ बाली लगाउथ्यौं,’ उनले भने, ‘असार दोस्रो साता सुर्ती र चैते धान भित्र्याएर रोपाइँ सुरु गर्ने गरेका थियौं, तर यसपाली अधिकांश किसानले बीउ नै राख्न पाएका छैनौं ।

जिराभवानी गाउपालिकाको मूलखोलाहरू बहाब सुक्दै जाँदा अधिकांश गाउँटोलहरूमा सिँचाइको समस्या चुलिएको छ । जिराभवानी गाउँपालिकाको सेढवा महादेवपटी र शान्तिटोलको पनि सिँचाइ समस्या उस्तै रहेको जिराभवानी गाउँपालिका वडा अध्यक्ष सेखनुमान आजमले बताए । पटेर्वासुगौली गाउँपालिका अध्यक्ष अध्यक्ष हरिनारायण चौधरीले भने मेरो गाउपालिकामा सिँचाइ सुविधा भएका केही स्थानमा मात्र रोपाइँ सकिएको जानकारी दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed