विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

रेल यात्रामा नेपाल तथा भारतका यात्री लाइ असहजतामा ज्ञापनपत्र

सिम्रौन्गढ़ नपा psa

विराटनगर ।।  नेपालको विराटनगरका दक्षिणी सिमा नजिकै भारतको जोगवनीमा रहेको रेलमा यात्रा गर्दा र रेल स्टेशनमा भई रहेको समस्याहरुको सुधारको लागि भारत नेपाल सामाजिक संस्कृतिक मंचले रेल मन्त्रीलाई इमेल मार्फत ज्ञापन पत्र पठाएको छ । जोगवनी रेल स्टेशन देखि दिनहू“ हजारौ भारतीय र नेपाली नागरिकहरुले यात्रा गर्दछन् ।

karaiya holi 2082

ती यात्रामा आम नागरिक र खास गरी महिला यात्रीहरुले भोग्नु परेको समस्या र स्टेशनमा देखिएको समस्याहरुलाई समाधानको लागि अपील गरेको छ । जोगवनी देखि कटिहार रेल खण्डमा यात्रीहरु टे«नको ठाउ“मा डेमु परिचालन गरेको छ । जसमा बृद्धबृद्धा, महिला, बालवालिकाहरु लाई धेरै परेशानी झेल्नु पर्ने हुन्छ । त्यसै गरी जोगवानी लामो दुरीको रेल प्रतिदिन दुजोरी हप्तामा एक पटक र कोलकताको लागि हप्ताम तीन पटक भएकोले यसवाट नेपाल भारतका यात्रीहरु धेरै असज हुन्छ ।

त्यसैले चितपुर एकस्प्रेसलाई प्रति दिन जोगवनी देखि पटना सम्म इन्टरसिटी एक्सप्रेसको परिचालन गर्नको लागि पहल गर्नुका साथै जोगवनी स्टेशनमा महिला सुरक्षाकर्मीका व्यवस्था, रेलको पार्किङ्गमा सीसी क्यामराकोे व्यवस्था गरी दिन आग्रह गरेको छ । सो ज्ञापनपत्र भारत नेपाल सामाजिक संस्कृति मंचको भारत अध्यक्ष राजेश कुमार शर्मा, नेपाल अध्यक्ष प्रिति झा र बृहत मधेशी नागरिक समाजको अध्यक्ष सुर्यनाथ प्रसाद सिंहको हस्ताक्षर रहेको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed