विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

अनाधिकृत केबुल प्रशारण गर्नेहरु पक्राउ, कार्यालयमा शिलबन्दी

सिम्रौन्गढ़ नपा psa

२०७६ असार २० गते
राजश्व ठगी गरेको आरोपमा स्थानीय प्रशासनले एउटा केवल संचालक कम्पनीमा शिलबन्दी गरेको छ । बीरगंजको गहवामा रहेको एच.डी.टेक्नोलोजी प्रा.ली.मा स्थानीय प्रशासनले छापामारी गरी शिलबन्दी गरेको हो ।
स्थानीय प्रशासनले प्रसारण संस्थाको कन्ट्रोल रुपमा शिलबन्दी गरि ७ वटा बैंकको चेक तथा अन्य कागजात समेत नियन्त्रणमा लिएको छ । अनाधिकृत रुपमा टिभी सेटअप बक्समा कार्ड नराखी बीरगंज भरी टिभी च्यानल प्रशारण गरी राजश्व चुहावट गरेकोले प्रशारण संस्थाका संचालक बिजेन्द्र प्रसाद चौरसिया, युवराज भट्टराई र दिनेश कुम्हाललाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय पर्सा अधिकृत भानुभक्त बरालले जानकारी दिनु भयो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिए अधिकृत भानुभक्त बराल, जिल्ला हुलाक कार्यालयका सरोज प्रसाद पौडेल, आन्तरिक राजश्व कार्यालयका उदयराम केसी र जिल्ला प्रहरी कार्यालयका अर्जुन कुमार अधिकारीको संयुक्त टोलीले अवैध रुपमा केबुल प्रशारणको सूचना पाएको आधारमा छापामारी गरेको हो ।
१ वर्ष देखि हाम्रो टिभी च्यानलको सेटपबक्स प्रयोग गरि मैक्स टिभी च्यानल प्रशारण गरी हजारौ ग्राहकसंग ३ सयको दरले पैसा उठाएर बिल समेत नदिई लाखौ रुपैया राजश्व चुहावट गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed