CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जीपी कोइरालाको जन्मजयन्तीमा दीप प्रज्वलन

फेटा GP PSA
652
सिम्रौन्गढ़ नपा psa
मोरंग ।।  असार २१ शुक्रवार नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको ९६ औ जन्मजयन्तीका अवसरमा जी.पी कोइराला फाउन्डेसन मोरङ साखाले शुक्रबार विराटनगरमा दीप प्रज्वलन गरेको छ ।
नेपाली राजनीतिका युगपुरुष एवं शान्ति संझौता प्रक्रियाका मूख्य ब्यक्ति गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै फाउन्डेसनले बरगाच्छी चोकमा दीप प्रज्वलन गरेको फाउन्डेसन मोरङका अध्यक्ष कौशल निरौलाले जानकारी दिए । दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डां. शेखर कोइरालाले गिरिजा प्रसाद कोइरालाले गरेका योगदानका विषयमा चर्चा गरेका थिए ।
गिरिजा बावुले गर्नु भएको राजनैतिक त्याग र अठोटवाट आएको परिवर्तनलाई संस्थागत गर्दे जनअपेक्षा अनुरुप काम गर्नु पर्नेमा कोइरालाले जोड दिए । गिरिजावावुले गर्नुभएको योगदानलाई नयाँ पुस्ताले संरक्षण गर्दे जानुपर्ने बताए । कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली,नेपाली कांग्रेसका सचिव मोदराज घिमिरे लगायत उल्लेख्य मात्रामा कांग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश