विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिबाहको विबादमा कुटिएको ब्यक्तिको उपचारको क्रममा मृत्यु पछी कोशी अस्पताल अगाडी नाराबाजि

सिम्रौन्गढ़ नपा psa

उषा सरदार , बिराटनगर
बिबाहको बिषयमा बिबाद हुँदा वडा अध्यक्षहरुको उपस्थितिमा बिराटनगर १४ को श्यामानन्द यादवलाई निर्घात कुटपिटबाट घाइते बनाइएको उहाँको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ।मृत्कको आफन्तले कोशी अस्पताल अगाडि शव राखेर दोषीलाई कार्वाहीको माग गर्दै प्रदर्शन गरेको हो। बिराटनगर महानगरपालिका १४ का अध्यक्ष बल्देब यादव , १८ का अध्यक्ष संजय साह र जहदा १ का अध्यक्ष प्रदीप यादव माथि श्यामानन्दको हत्याको आरोप मृत्कका आफन्तले आरोप लगाउनु भएको छ। आफुले रोजेको केटीसंग छोराले बिवाह गर्न नमानेपछि जेठ ३२गते बिराटनगर १४ का अध्यक्ष बल्देब यादवको घरमा राखेको पन्चायतको क्रममा श्यानन्दलाई मर्नाशन कुटपिट गरेका कारण मृत्यु भएको आफन्तको आरोप रहेको छ। घटना भएपछि श्यामानन्दको छोरा राजेशले प्रहरिमा उजुरी दिनजादा प्रहरिले उजुरी दर्ता गराउन मानेको थिएन। पछि ढिलो गरि प्रहरिले उजुरी दर्ता गराएपनी घटनाको तीन साता बितिसक्दा पनि प्रहरिले दोषीलाई नसमातेको भन्दै शव बाटोमा राखेर प्रदर्शन गर्नु भएको छ। मृत्कको छोरा रजेश यादवले बिराटनगर १४ का अध्यक्ष बल्देब यादव उहाँको छोरा रबिन यादव ,१८ न वडाका अध्यक्ष संजय यादव ,भोला यादव ,किरानी भनिने दिनेश यादव ,१४ नं को शम्भु भनिने बिजय यादव ,दिपेश यादव विरुद्ध ज्यान मार्ने उद्धोगमा किटानी जहेरी परेको भएपनी आज कर्तव्य ज्यानको मुद्दा चलाउनु भएको हो। तर राजनीतिक पहुँचका कारण उनीहरुलाई प्रहरीले नसमातेको स्थानीयहरुको आरोप रहेको छ। शव पोस्टमार्टमको लागि बि. पि. कोईराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान लगिएको प्रहरिले जनाउनु छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed