CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटको दक्षिणी भेगमा खतराको घण्टी सुरु पानीको बहाव बढ्दै

फेटा GP PSA
489
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।अषाढ २७।

देशभरी लगतार तीन दिन देखि बर्षाका कारण रौतहटको दक्षिणी भेगमा बाढी अाउने सम्भावना एकदमै निश्चित भएको हो।रौतहट जिल्लाको लालबकैया र बागमती नदीको बहाव र सतह बढ्दै जाँदा दर्जनौं गाउँ डुवानमा परेका छन्। डुवान भएको ठाउँमा नेपाल प्रहरी,शस्त्र प्रहरी र नेपाली सेना ब्यक्ति उद्धारमा जुटेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

दुवै नदीको पानीको सतह बढ्दै जाँदा नेपाल प्रहरी द्वरा हाई एलर्टको सुचना जारी गरेको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जनाएको छ। पछिल्लो दुई बर्ष पहिला बिनासकारी बाढी अाउँदा जिल्लानै डुवानमा परेको थियो।रौतहट जिल्लाभरी बढी अाउँदा १८ जनाको मृत्यु भएको थियो। लगातार तीन दिनको बर्षाले र देशभरी बर्षाका कारण नदीको बहाव बढेका छन्। उत्तरी पहाडमा वर्षा हुदा यस्तो बिपत अाएको बुझिएका छन्।

लगबकैया र बागमती नदीको बिचमा रहेको रौतहट जहिले पनि बढीको उच्च जोखिममा पर्ने गरेका छन्। स्थानीय सरकारको अषाढे कामले गर्दा दुई बर्ष पुर्व अाएको बाढीले भत्काएको बाँध राम्रोसँग मर्मत नहुँदा रौतहट जिल्लाको दर्जनौं गाउँहरु डुवानमा परेका स्थानीय बासिन्दाले जनाएका छन्। भने फेरि लालबकैया र बागमती नदीको नदीको बाँध भत्किदाँ रौतहटको दर्जनौं गाउँ डुवानमा परेका छन्।

Karaiya Mai Notice Winter

भने बकैया नदीको हरसाहा, भसेढवा, कटहरिया,तेजापाकड, लौकाहा, बन्जरहा राजपुर,बंकुल, बैरीया देवाही गोनाही लगायतका दर्जनौं गाउँहरु डुवानमा परेका छन। छन भने बागमती नदिको गढिमाइ लक्ष्मिपुर, मत्सरी, बडहर्वा, सरुअठा, पंचरुखी, पिपरा, बसतपुर, ब्रहम्पुरी, हजरिया, पथरा, हजमिनीया, लक्ष्मीपुर लगायतका गाउँहरुमा बाढीको पानी पस्न सुरु भएका छन्।

शस्त्र प्रहरी,नेपाल प्रहरी बाँध कटान भएको ठाउँमा पानीको बहाव रोक्ने प्रयास गरेता पनि पानीको बहाब तिब्र भएकोले प्रयास असफ्ल भएको प्रहरी नायव उपरीक्षक कार्कीले जनाएको छ।
बाढीले दर्जनौं घरबस्ती डुवानमा परेको हुँदा सबै ब्यक्तिलाई सकुशल उद्धार गरि सुरक्षित स्थानमा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सदरमुकाममा बाढीको पानी पस्ने निश्चित भएपछि अा-अाफ्नो सबै समान सुरक्षित स्थानमा राख्न जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेका छन्।

अहिले सम्म देशभरी निरन्तर वर्षा भईरहदा पछिल्लो दुई बर्ष पहिला अाएको बाढी भन्दा खतरा बाढी अाउने निश्चित भएका छन्।भने रौतहटको पुर्व पश्चिम राजमार्गमा बाढीको पानी अाउँदा अावतजावत एकदमै थप भएका छन् भने गौर चपुर बिरेन्द्र राजमार्ग पनि पुर्ण रुपले थप भएका छन्।सदरमुकामको सतह तल्लो भागमा रहदा उत्तरी भेगको बाढी सदरमुकाममा अाउने निश्चित भएका छन।

लगातार वर्षाले गर्दा झाँझ नदीका पानीको बहाव दक्षिणी भेग तीन डल्न सुरु भएका छन। भने रौतहट र सर्लाही संग जोडिएको बागमती नदी पारी भैंसी चराउन गएका १७ जनालाई हेलिकप्टर द्वरा सकुशल उद्धार गरिएका छन्। कारण द डुबानमा परेका छन ।नेपाल भारतको बाँधका कारण रौतहटको दक्षिणी भेग तिरको बाढको पानीको निकासी नहुँदा पुरै बस्ती डुवानमा पर्ने निश्चित भएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश