विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

बागमती नदीको पुर्व पट्टीको बाँध भत्किदा रौतहटको पानीमा थम्कियो

उद्धार गर्नका लागि खटिएका नेपाल प्रहरी,शस्त्र प्रहरी अाफै उद्धारको पर्खाइमा

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।अषाढ २८।

देशभरी र रौतहट जिल्लामा लगातार बर्षा हुदा रौतहट सहित दर्जनौं गाउँहरु डुवानमा परेका छन्। डुवान परेको ठाउँबाट सकुशल उद्धार गर्नका लागि खटिएका नेपाल प्रहरी,शस्त्र प्रहरी अाफै उद्धारको पर्खाइमा बसेका छन्। रौतहटको गौर, लक्ष्मीपुर, बेलबिक्षवा, ब्रहम्पुरी, मुडबलवा, टिकुलिया, गढवा, सिसवा, बडहर्वा, मत्सरी, सरुअठा, राजपुर, बैरीया, लौकाहा, सहित डुवानमा परेका छन्।

karaiya holi 2082

डुवान परेका ठाउँहरुको ब्यक्तिहरुको बिना खाना, पानीको जनजिवन कस्टकर बनेका छन्।उद्धारका लागि परिचालन भएको सुरक्षाकर्मी अाफै उद्धारका पर्खाइमा रहेका छन्। बि.स २०५० सालमा अाएको बाढीले बागमती नदी पुर्व पर्ने जमला पर्साका बाँध भत्काएको भार्तीय नागरिकले जनाएका छन्। सो बाँध भत्किदा बिहार राज्यको जमला पर्सा, ढेङ्ग, बसबिटा, डुमरी, ननकार, बडहर्वा ईत्यादी गाउँमा छति पुर्याउन सुरु गरेका छन भने बागमती नदीमा अाएको बाढी १ फिट कम भएको पुर्व सभासद बबन सिंहले जनाएको छ।

Prasauni holi 2082

यता रौतहट बागमती र लालबकैया नदीको बिचमा रहेको हुदा गौर बैरगनिया सिमा बोर्डरको बाँध नभत्किदा जस्ताको त्यसतै पानी रहेको स्थानीयहरुले जनाएको छ। गौर बैरगनिया बोर्डरको सिमामा केही ठाउँमा प्वाल मात्र पारेको हुँदा भार्तीय सुरक्षाकर्मी बैरगनिया बासीलाई सचेत रहन हाईएलर्ट जारी गरेका छन भने प्वाललाई थुपार्ने काम तीब्र बढाएका छन्।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed