विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सिरहाको सदरमुकाम सहित दर्जनौ गाउँ डुबानमा

सिम्रौन्गढ़ नपा psa

मुकेश यादव ,सिरहा, २८ असार ।

सिरहा जिल्लाको सदरमुकाम सहित दर्जनौं गाउँ डुवानमा परेका छन । लगतार चार दिन देखिको अविरल बर्षाका कारण नदीहरुमा बाढीको सतह बढेपछि विभिन्न ठाउँको पानी अाउँदा सिरहाको जनजीवन प्रभावित बनेको छ ।

karaiya holi 2082

चार दिनको लगातार बर्षाले गर्दा कमला नदि बहाव तीब्र गतीमा हुदा कल्याणपुर नपा १२ सार्स्वर स्थित नदीको बाँध भत्किएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। बाढीको त्रासले हजारौं घरपरिवार सुरक्षित ठाउँमा बिस्थापित भएका छन् भने कति पय ठाउँका शस्त्र प्रहरी गण र नेपाल प्रहरीका चौकीहरु डुवानमा परेका छन्।

Prasauni holi 2082

बाढीले गर्दा सिरहाको लाहान , , धनगढीमाई, गोलबजार , मिर्चैया , कर्जनहा , कल्याणपुर, लगायतका गाउँहरु डुवानमा परेका छन् । चार दिन देखि जारी रहेको मुसलाधारे वर्षाको पानी पसेर सिरहा स्थित करागार परिसर जलमग्न बनेको छ ।

उचित निकासको अभावमा करागार परिसरमा करिब एक फिट भन्दा माथि पानी जमेको स्रोतले जनाएको छ । यता शस्त्र प्रहरी, नेपाल प्रहरी नेपाली सेना जिल्लाभरी नै परिचालन गरि डुवान भएको ठाउँमा उद्धार कार्यमा तीब्रता बढाएका छन्।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed