विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगन्जको एसिययन डिष्टिलरी उद्योगमा कार्यरत कर्मचारी र मजदुर आन्दोलित

सिम्रौन्गढ़ नपा psa

बीरगंज, ३१ असार  — बीरगंजको एसियन डिस्टीलरी प्राइवेट लिमिटेडको गेट अगाडी कर्मचारीहरु मंगलवार बिहान ९ बजेदेखि धर्नामा बसेका छन् ।

बीरगंज महानगरपालिका वडा न. २४ रामगढवामा अवस्थित एसियन डिस्टीलरी प्राइवेट लिमीटेडमा २४७ जना मजदुर कार्यरत रहेकोमा १ सय ९७ जनालाई कम्पनिले हटाएपछि मजदुरहरु आन्दोलित भएका हुन् । मजदुरहरुका अनुसार कम्पनिलाई घाटामा देखाएर कर्मचारी हटाउन खोजिएको तथा हटाइएका कर्मचारीलाई राहतको लागि उचित क्षतिपुर्ति तथा व्यावस्थापन गर्नेतिर कम्पनि ले कुनै ध्यान नदिइएको आरोप लगाएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अखिल औद्योगिक मजदृर संघ एसियन डिस्टिलरी एकाइ अध्यक्ष अजयप्रसाद कुर्मीका अनुसार कम्पनिले यथाशिघ्र कर्मचारीलाई काममा नफर्काए कम्पनिको कामकाज ठप्प गर्नका साथ कडा रुपमा आन्दोलनमा उत्रिने चेतावनि दिएका छन् । हटाइएका कर्मचारीहरु मध्ये अधिकांश स्थाइ कर्मचारी रहेको बताउँदै कुर्मीले कर्मचारी प्रशासनले आफ्ना आसेपासेलाई नहटाई सोझा साझा मेहनती, इमान्दार कर्मचारीहरुलाई झुठा लाल्छनाहरु लगाई हटाएको बताएका छन् ।

कर्मचारीहरुले कम्पनिको मुल गेट मै धर्ना दिएका छन् । यस भन्दा पहिला समस्या समाधानका लागि २ पटक सम्म बार्ता गरिएको भएपनि बार्ता निस्कर्षबिहित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन् ।

यस बिषयमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले श्रम कार्यालयलाई चिठि पठाइसकिएको र दुबै पक्षबिच छलफल गरेर समस्याको चाँडै समाधान गरिने बताउनुभएको छ । साथै उहाँले कम्पनिमा सुरक्षा व्यवस्थाका लागि प्रहरी समक्ष पनि पत्र पठाइएको जानकारी दिनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed