विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रोट्याक्ट क्लव अफ तिलोत्तमा देवदह द्वारा वृक्षरोपण कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

श्रावण ०४, शनिवारका दिन रोट्याक्ट क्लव अफ तिलोत्तमा देवदह द्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको सह आयोजनामा स्मृति सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रमा वृक्षरोपण गरिएको छ । वृक्ष रोपौ, वातावरण जोगाउ भन्ने मूल नाराका साथ करीब ८० जनाको उपस्थितीमा १५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष दिपेश अर्याल, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद शर्मा, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रेशम खड्काले संयुक्त अध्यक्षता गर्नुभएको थियो ।स्मृति सामुदायिक बनका अध्यक्ष भरत गुरुङ, क्लबका पूर्व अध्यक्ष माधव ढकाल, माधब आचार्य तथा ई.पि अर्जुन गुरुङ लगाएतको सहभागिता रहेको थियो ।

रस्मिता न्यौपानेको स्वागत मन्तब्य, रेशम खड्काको धन्यवाद ज्ञापन र रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका सचिब दिनेशमणि सुवेदीको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रमको जानकारी क्लबकी इडिटर ललिता घिमिरेले बताउनुभएको थियो । 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed