विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनकनन्दनि गाउँपालिकामा चितवनका सहयोगी नेपाली मनहरुद्धारा बाढी पीडित राहत वितरण

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,श्रावण ७ गते । जनकनन्दनि गाउँपालिकामा चितवनका सहयोगी नेपाली मनहरुद्धारा बाढी पीडित राहत वितरण गरेको छ । धनुषा जिल्लाको जनकनन्दनि गाउँपालिकाका वाड नं.१ (इनर्वा)का बाढी पीडितलाई चितवनका सहयोगी नेपाली मनहरुले राहत समाग्री वितरण गरेको छ । बाढी पीडितलाई चितवनका चर्चित संस्थाहरु सामर्थ्य नेपाल, सेभ द माइन्ड, भ्रष्टाचार विरुद्धको अभियान्ता केदार आचार्य लगायत अन्य अभियान्ताहरुको सहयोगमा धनुषाको जनकनन्दनि गाउँपालिका वडा नं. १ का करिब १५० परिवारलाई सहयोग हस्तान्तरण गरेका छन । सहयोग करिब तिन लाख बराबरको सामाग्री वितरण गरेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

स्थानियवासीको रोहवरमा चामल, चिउरा, मुरहि भुजा , लत्ताकपडा, सेनेटरि प्याडहरु, विस्कुट, पानी लगायतका समाग्री वितरण गरिएको स्थानीय युवा इन्द्रजीत गौइतले बताए ।
असार अन्तिम साता परेको अविरल वर्षा पश्चात गएको बाढी र डुवानको समस्याले धनुषा जिल्लामा ठूलो जनधनको क्षति भयो । बाढीका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै चितवनको चर्चित सस्था सामर्थ्य नेपाल, सेभ द माइन्ड, सुनौलो समाजले राहत विततरण गरको हो ।

Karaiya Mai Notice Winter

सोही क्रममा स्थानीय युवाहरुले जनकपुरबाट ट्रयाक्टर भाडामा लिएर राहतको सामग्री लोड गरेर बाढी ग्रस्त क्षेत्रमा राती करिब १२ बजे तिर खजुरी पुलिस चौकीमा समानहरु पुरयान सहयोग गरिएको थियो ।
स्थानीय युवा समाजसेवि राकेश गौइत र गाउँको युवाहरूले लिएर गाउँ पुरयाउदै बाढीमा पीडित भएका दलित बस्तीमा परिवारहरुलाई राहत वितरण गरिएको छ ।

सो राहत संकलनका लागि चितवनको अभियानीहरुले विभिन्न समाजिक कार्यक्रम लगायत सडक नाटक समेत गरेर राहत जुत्ताएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed