विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहामा लोकसेवा आयोगविरुद्ध आयोगका अध्यक्ष मैनाली र सामान्य प्रशासनमन्त्री पण्डित पुतला दहन

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,श्रावण ७ गते । लोक सेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध सिरहा जिल्लाको मिर्चैया नगरपालिका कटारी चौकमा प्रदर्शन गरिएको छ । युवा सडकमै आएर आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितविरुद्ध प्रदर्शन गरेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मिर्चैया नगरपालिकाको बजारबाट जुलुस निकालेर कटरी चौकसम्म पुगी प्रदर्शनकारीहरुले पुतला जलाएको थियो । आन्दोलन समितिले मंगलबार बेलुका ४ बजे कटरी चौकमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित तथा लोकसेवा आयोग प्रमुख उमेश मैनालीको पुतला दहन गर्ने कार्यक्रम रहेको आरक्षण बचाउ आन्दोलन समिती सिरहा मिर्चैयाका स–संयोजक रामेश्वर यादवले जानकारी दिए ।

त्यसै गरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुतला दहन गर्ने क्रममा आन्दोलनकारी र प्रहरीबिच पुतला छिनने क्रममा आरक्षण बचाउ आन्दोलन समिती सिरहा मिर्चैयाका स–संयोजक रामेश्वर यादवको खुट्टामा चोट लागेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed