विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

युवा नेता शम्भु साहको पहलमा श्री सत्यसाई सेवा संगठन नेपालद्वारा पिडितलाई सहयोग

सिम्रौन्गढ़ नपा psa

रौतहट ।

रौतहटको गौर डुवानमा परेदेखि बाढी पिडितको अवस्था अझ समान्य हुन सकेको छैन । घर बगेका लाई घरको चिन्ता छ, अन्न बगेको लागि अन्नको चिन्ताले सताइरहेको छ । मृत्क र घाईते परिवारको कुरै छौडौ तिनीहरुको दुःखको व्यख्या गर्न नसकिने अवस्था छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गाई वस्तु गोठ नपाएर बिना पाल खुल्ला आकासमा बाधीनु पर्ने बाध्यता छ । सरकार खाली हात आएर गए, धेरै भिआइपी आउछन् जान्छन् । पिडितकोदिनरात आशा र दिलासा सुनेरै कटिरहदा विहीबार भने गौर नगरपालिका वडा नं.३ का पिडितहरुमा खुसी छाएको देखिए ।

Karaiya Mai Notice Winter

सधै समाजसेवामा रमाउदै आएका मनकारी र दयालु स्वभावका धनी युवा नेता शम्भु साहको पहलमा पिडितले भारी मात्रामा राहत सामग्री पाएपछि पिडितको अनुहारमा खुसी छाएको हो ।

नेकपाका प्रदेश नं.२ का प्रदेश कमिटि सदस्य समेत रहेका नेता साहको विशेष पहलमा श्री सत्यसाई सेवा संगठन नेपाल प्रदेश नं.२ को टिमले सयकडौं पिडित परिवारलाई राहत सामग्री वितरण गरि दुखमा सहारा बन्ने काम गरेको हो ।

टोलीले वडाम नं.३ स्थित मचकुटिया टोल र चमरटोली(दलित बस्ती) गरी १२० परिवारले मात्रामा राहत वितरण गरेको संस्थाका अध्यक्ष सुरेश सिंहले बताए । प्रति परिवार २० किलो चामल, ५ किलो चिउरा, ३ किलो चना, १ लिटर खाने तेल र १ प्याकेट नुुन पनि हस्तानान्तरण गरिएको अध्यक्ष सिंहले जानकारी दिए ।

युवा नेता साहले श्री सत्यसाई सेवा संगठन नेपालले नगरपालिकामा हाल सम्म कै उत्कृष्ट राहत वितरण गरेकामा अभार व्यक्त गरे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed