विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गएको आर्थिक वर्ष मा एक करोड ६४ लाख रुपैयाँ जरिवाना संकलन

सिम्रौन्गढ़ नपा psa

बीरगंज ।।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले गएको आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ६४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ । ट्राफिक नियम विपरित सञ्चालन गरिएका विभिन्न सवारी साधन कारवाही गर्दा १ करोड ६४ लाख ८१ हजार रुपैयाँ जरिवाना संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आर्थिक वर्ष २०७४/०७५ भन्दा झण्डै ७ लाख बढी जरिवाना संकलन भएको पनि उहाँले बताउनुभयो । त्यो आर्थिक वर्षमा १ करोड ५७ लाख ११ हजार रुपैयाँ संकलन भएको थियो ।

गएको आर्थिक वर्षमा ठूला मालवाहक ट्रकले सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको पनि तथ्यांकले देखाएको छ । त्यसपछि भने मोटरसाइकल, ट्याक्टर, टेम्पो, जीप र बस ट्राफिक नियम पालना नगर्नेमा रहेको तथ्यांकले देखाउँछ ।

Karaiya Mai Notice Winter

एक वर्षमा १२ हजार ३ सय ४३ वटा ट्रक ट्राफिक नियम पालना नगर्दा कारबाहीमा परेका छन् । कारबाहीबाट ७७ लाख ३५ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै ४ हजार ४ सय ३९ वटा मोटरसाइकलमा गरिएकाे कारबाहीबाट ४७ लाख ४ हजार रुपैयाँ जरिवाना संकलन भएको छ । यही अवधिमा ३ हजार ४ सय ६९ ओटा टेम्पोलाई गरिएकाे कारबाहीबाट ३७ लाख ९२ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ ।

यो एक वर्षमा ३ हजार ७ सय ३७ ट्याक्टर कारबाहीमा परेका छन् । त्यसबाट ११ लाख ६७ हजार ५ सय रुपैयाँ संकलन भएको छ । १ हजार ६ सय ३८ वटा जीप कारबाहीमा पर्दा ९ लाख ३८ हजार ५ सय राजश्व संकलन भएको छ ।

बसले सबैभन्दा कम ट्राफिक नियम उल्लंकन गरेको देखिएको छ । एक वर्षको अवधिमा जम्मा ९ सय ४३ वटा बस ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाहीमा परेका छन् । त्यसबाट ६ लाख ७ हजार ५ सय रुपैयाँ संकलन भएको छ ।

ट्राफिक लेन विपरित सवारी सञ्चालन गर्ने, सवारी अनुमति पत्र तथा सवारी धनी पुर्जा विना सवारी सञ्चालन गर्ने, मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने, जथाभावि पार्किङ गर्ने जस्ता ट्राफिक नियम विपरीतका काममा ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed