विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

खुट्वाका वाडाध्यक्ष केकस्ता कार्यहरु गरे, वाडा बासिहरु दु:खका साथ संचित गरे प्रमाणहरु   

सिम्रौन्गढ़ नपा psa

मनोज गुप्त, बारा ।।

बारा को प्रसौनी गाउँ पालिका अन्तर्गत पर्ने वार्ड नम्बर ४ खुटवा मा चेेैत्र १७ गते गएको हावा हुरिको कारण बिचलीमा परेका जनता आज सम्म हामि पिडित नै रहेकको गुनासो गरेका छन् । हवाहुरीले विध्वंस गरेका घरहरु आज सम्म बन्न नसकेकोले वर्षायाममा झन् पिडा थप्दै गरेको पिडितहरुको गुनासो रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आसेपासे, आफनै मान्छे को घर बनाएको पिडितहरुको स्थानीय राधेश्याम धानुकले गुनासो गरेका हुन् । जनता को भनाई अनुसार वडा अध्यक्ष आन्नद गुप्ता ले हामीहरु को घर बनाउन लाइ केन्द्र बाट आएको लिस्टमा नाम रहेतापनि दलगत भावनाले ग्रसित भएर आसेपासे तथा नातागोताको घर मात्र बनाउन लाइ सहयोग गरेको स्थानीय संगीता देबी, बिरेन्द्र महतो, तुल्सी साह तेली, जयप्रकाश गोड लगायतले आरोप लगाएका छन ।

Karaiya Mai Notice Winter

राहत का लागि पाएको तथा ल्याएका खाद्यान हरु राजनीतिकरण गरि गोदाममा थन्क्याएर राखेकोले उचित व्यवस्थापन नभएकोले सबै नष्ट भएको हुनाले गोदाम नै खाएको भन्दै स्थानियहरुले व्यंगात्मक रुपमा वाडाध्यक्षको कामकर्तब्य सारै राम्रो रहेको तथा औठा छापको पनि ज्ञान नभएको गुनासो गर्न थालेका छन् ।

नष्ट भएको खाद्यानाहरु यताउता वाडा कार्यालयले फालेका सरसामानहरु संचित गरि प्रमाण को रुपमा राखी वाडाध्यक्षको कामकर्तब्य प्रति असाध्यै दुखित हुदै पिडित तथा जानकारहरु खुट्वा परसौनिको नाम नै उजागर गर्ने भएको ब्यंग गर्नथालेको स्थानीय सचीत महतोले बताएका छन् ।

वाडा अध्यक्ष गुप्ता संग बुझ्दा आफु आज पनि उनीहरुको घर कसरि बन्छ भने कुरा प्रति आफु कटिबद्ध रहेको बताए । तर पाएका जति राहतका खाद्यान हरु नष्ट भएर फालिएको विषयमा सोद्धदा झर्केर १५ लाखको भ्रष्टाचारी भएको कुरा उठाएका थिए । वाडा अध्यक्षले झर्किदै भने १५ लाखको भ्रष्टाचारी बृजकिशोर जी ले गर्दा कसैले खोजेन, भन्दा पनि प्रमुखजिल्ला अधिकारिले पनि कुनै चासो लिनु भएन । तर प्रमुख जिल्ला अधिकारि राजेश पौडेल संग बुझ्दा आफुलाई त्यस्तो कुनै जानकारी नभएको बताए ।

बृजकिशोर जीले इसरामल, सतिसराम भाट र अजिजराम भाट लाइ हाम्रो प्रतिद्वन्दी उमेदवार  अकुप अन्सारीको रोहबरमा जनही ५ लाखको दरले घर बनाउँ लाइ कुनै अर्कै बजेट केन्द्रिय वा प्रदेश सरकार बाट लिएर चेक दिएको फोटो समाजिक  संजालमा राखी प्रचार प्रसार गरे तर ति व्यक्तिहरु लाई केहि नपाएको कुरा अध्यक्ष गुप्ताले बताएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed