विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

धार्मिक हाजिरी जवाफ संगै पुस्तक विमोचन

सिम्रौन्गढ़ नपा psa

कौशल निरौला,विराटनगर
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विषय संरक्षण गर्ने उदेश्यका साथ विराटनगरमा धार्मिक गुरुकुलीय पाठशाला स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ ।
बैदिक कर्मकाण्ड परिषद नेपालको आयोजनामा शनिवार विराटनगरमा सम्पन्न कार्यक्रममा स्थानीय धार्मिक युवा प्रथम , लक्ष्मीनारायण बेद विद्या गुरुकुल दोस्रो र लक्ष्मीनारायण मन्दिर गुरुकुल पिपलचोक तेस्रो भएका छन् । हाजिरी जवाफ प्रतियोगितामा पाणीनी संस्कृत विद्यालय ,महेश सन्यास आश्रम गुरुकुल देवघाट ,राधारमण मन्दिर पाञ्चाली सहभागी भएका थिए । कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रतियोगितामा विजयी तथा सहभागीलाई बधाइ सहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
यस्तै सोही कार्यक्रममा बैदिक कर्मकाण्ड परिषद नेपालका अध्यक्ष कुमार निरौला द्धारा लिखित र प्रकाशित हिन्दु विज्ञान नामक पुस्तकको मेयर पराजुलीले विमोचन गर्नु भएको छ । धार्मिक तथा सांस्कृतिक क्षेत्रमा भएका र सुनिएका भ्रम र यसका बास्तविक पक्ष पुस्तकमा उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै मेयर पराजुलीले धार्मिक आस्थाले समाजलाई सकारात्मक दिशामा अगाडी लैजाने बताउनु भयो । समाजलाई धार्मिकवान र नैतिकवान बनाउन सवै क्षेत्रका बौद्धिक व्यक्तित्वहरु लाग्न आग्रह गर्नु भयो । विराटनगर महानगर भित्रका सवैखाले धार्मिक तथा सास्कृतिक पहिचानका क्षेत्रहरुको विकासमा लगानी गरिरहेको मेयर पराजुलीको भनाइ थियो ।
कार्यक्रममा बरिष्ठ धार्मिक व्यक्तित्वहरु रामानुज नेपाल,श्यामशरण भट्टराई,गोपाल सुवेदी,अच्युत गौतम ,रमेश निरौला,अनन्त पराजुली,कौशल ढुङ्गेल,रमेश निरौला लगायतको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed