विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

८९ केजी गाँजासहित ४ भारतीय पक्राउ

सिम्रौन्गढ़ नपा psa

साउन १४ — नेपालबाट भारतमा गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरीले चार जना भारतीयलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२५ ड्राइपोर्ट बहुअरीबाट प्रहरीले ८९ केजी गाँजा र भारतीय नम्बर प्लेटको बोलेरो गाडीसहित बिहारको मोतिहारी जिल्लाको बिशुनपुर ३ घर भएका ३१ वर्षीय नुर महमद हुसेन, मोतिहारीकै फुलवरिया ११ का ३२ वर्षीय असलम आलम साईन, फुलवरियाकै २८ वर्षीय ईर्शाद साइन र मोतिहारी सितलपटीका ३० वर्षीय सुनिल साहलाई पक्राउ गरेको हाे ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मङगलबार बिहान बहुअरी स्थित सडकमा चेकजाँच गरेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

चेकजाँचका क्रममा बीआर २८ जी २७७० नम्बरको बोलेरो गाडीको तल फल्स बटम बनाई लुकाई राखेको अवस्थामा गाँजा फेला पारेको हो । ५० वटा पोकामा रहेको ८९ केजी गाँजा बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

मकवानपुरको मनहरीबाट गाँजा खरिद गरी वीरगन्ज हुँदै भारत लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed