CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सबल ईभेन्ट म्यानेजेन्टको पर्याय “रेल-ईभेन्ट”

फेटा GP PSA
881
सिम्रौन्गढ़ नपा psa

ईभेन्ट म्यानेजमेन्ट । अर्थात कुनै पनि कार्यक्रमको आयोजन । एक सफल कार्यक्रमको सबल आयोजन तथा व्यवस्थापनका निम्ति चाहिन्छ गहिरो अठोट अनि धैयर्ता ।

कतिपयले सौखले ईभेन्ट म्यानेजमेन्ट गर्छन् भने कतिपयले यसलाई व्यवसायिक बनाएका छन् । हाल नेपालमा ईभेन्ट म्यानेजमेन्टको क्षेत्र सुधारोन्मुख छ । झन् यहाँ युवा उद्मशिलताको विकास भएसँगै युवाहरुको एक ठुलो जमात ईभेन्ट म्यानेजमेन्टमा सक्रिय भएका छन् । नेपालका लगभग हरेक सहरमा एउटा ईभेन्ट म्यानेजेमेन्ट कम्पनी दर्ता भएकै छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

ईभेन्ट म्यानेजमेन्ट व्यवसायिक्ता तर्फ तिब्र गतिमा उन्मुख भएसँगै यस क्षेत्रमा विकृति पनि त्यहि गतिमा आएको छ । अर्काले सजिलै ईभेन्ट म्यानेजमेन्ट गरेको देखेर मात्र पनि कतिपय युवा यस क्षेत्रमा आबद्ध भएका छन्।

ईभेन्ट म्यानेजमेन्ट सम्बन्धी सामान्य ज्ञान पनि नभएका युवाहरुको अर्काको देखेर यस क्षेत्रमा लाग्दा ईभेन्ट म्यानेजमेन्ट क्षेत्र तथा स्वयम् युवाहरुलाई धक्का लागेका उद्धारण ज्वलन्त छन् । यस क्षेत्रमा लाग्दा पनि आवश्यक ज्ञानसँगै व्यवस्थापकिय सिप आवश्यक भएको बताउँछन् रेलईभेन्ट म्यानेजमेन्टका निर्देशक बलिराम यादव ।

Karaiya Mai Notice Winter

भर्खरै मात्र बिबिए गरेका बलिराम हाल व्यवसायिक रुपमा ईभेन्ट म्यानेजमेन्ट क्षेत्रमा सक्रिय छन् । वीरगञ्जमा केन्द्रिय कार्यालय भएको रेलईभेनट म्यानेजमेन्ट हाल नेपाल भरि नै सक्रिय भइ काम गरिरहेको छ ।

वीरगञ्ज लाईभ एपिसोड १, वीरगञ्ज लाईभ एपिसोड २, विवेक बिन्द्रा लाईभ ईन नेपाल, डिस होम क्यापेन लगायतका अविस्मरणिय कार्यक्रमहरुको सफल आयोजक हो, रेलईभेन्ट म्यानेजमेन्ट ।  मध्य तराई लगायत आसपासका क्षेत्रमा हाल दर्जनौँ ईभेन्ट म्यानेजमेन्ट कम्पनीहरु दर्ता छन् । तर, सफल तथा सबल इभेन्ट्स्हरुको पयार्य बनेको छ रेल-ईभेन्ट म्यानेजमेन्ट ।

विभिन्न कारणले बाटो बिराई रहेका युवाहरुको मार्गनिर्देशन तथा उत्प्रेरणाका लागि वीरगञ्ज लाईभ एपिसोड १ को आयोजना गरिएको थियो ।एपिसोड १ मा अन्तर्राष्ट्रिय मोटिभेशनल स्पिकर सौनक भट्ट तथा युवा नेता रहबर अंसारीको उपस्थितीमा करिब ३ हजारभन्दा बढी युवाहरुलाई उत्प्रेरणा गरिएको बलिराम बताउँछन् ।

वीरगञ्ज लाईभ एपिसोड १ को अपार सफलता पछि वीरगञ्ज लाईभ एपिसोड २ आयोजना गर्न आफुलाई हौसला मिलेको बलिरामको भनाई छ । एपिसोड २ मा सौरभ लोहनी, मिस नेपाल २०१८ निकिता चन्दक, रुपेशभर गौरा दास लगायतले प्रशिक्षण दिएका थिए ।यस लगायत विभिन्न अन्य कार्यक्रमहरुको सर्जक हो रेलईभेन्ट म्यानेजमेन्ट । विशेष युवाहरुका लागि, युवाहरुद्धारा, युवामैत्री कार्यक्रमका लागि रेलईभेन्ट म्यानेजमेन्ट स्थापना भएको बलिरामको भनाई छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश