विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम, ३० महिला सहित १५२ जनाले गरे रक्तदान

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, १८ श्रावण – सामाजिक संस्था वीरगञ्ज युवा समाजको छैठौँ वार्षिकोत्सवको उपलक्ष्यमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रक्तसञ्चार केन्द्र वीरगञ्ज परिसरमा भएको रक्तदानमा ३० जना महिला सहित १५२ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले बताए । रक्तदान गर्नेहरुमा अभिषेक राज गिरी, अस्मीता शर्मा, राजकुमार महतो, प्रमिला श्रेष्ठ, रबिना पाख्रिन लगायतका रहेका छन् ।

Karaiya Mai Notice Winter

युवा समाजका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा सम्पन्न रक्तदानमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, पर्सा प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, श्री चण्डी प्रसाद गण वीरगञ्जका गणपति श्रीजन बहादुर मल्ल, रेडक्रस प्रदेश नं २ का सभापति फुलमहम्मद मियाँ लगायतकाको उपस्थिती रहेको थियो ।

रक्तसंचार केन्द्र वीरगञ्जमा पछिल्लो समय रक्तको अभाव भएपछि सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष चौगाईले बताएका छन् ।कार्यक्रम समाजका उपाध्यक्ष संजिव कृष्ण थापाको संयोजकत्वमा सम्पन्न भएको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed