CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयामा बृहद दलित अगुवा भेला सम्पन्न

फेटा GP PSA
1,417
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।।

बारा सदरमुकाम कलैयामा श्रावण १८ गतेका दिन बृहद दलित अगुवा भेला सम्पन्न भएकाेछ । श्री गुरु रविदास मिसन नेपालका संस्थापक अध्यक्ष बिक्रम साहेब महराकाे अध्यक्षतामा सम्पन्न भेलाले श्री गुरु रविदास मिसन नेपाल संगठन विस्तार गर्ने सम्बन्धमा छलफल गरिएकाे थियाे । त्यसै गरि विश्व प्रसिद्ध गढीमाई पञ्चबर्षिय मेलामा बलि गरेकाे सिनाे बहिष्कार गर्ने प्रस्ताव उपर छलफल भएकाे थियाे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गढीमाई मेलामा चढाएकाे बलिका रांगाहरू सिनाे बनेपछि चमार जातिले खान्छ, सडेगलेकाे खान्छन, फाेहाेरि हुन्छन जसले गर्दा सामाजमा खराब दृष्टिकाेणले चमारलाई हेर्ने गर्दछ । देवीकाे मन्दिरमा चढाएकाे फलफुल, मिठाई, बाेका, मुर्गामुर्गी, चराचुरुङ्गी जति भाखल गरेका नै लग्दछ तर रांगा जति सबैले छाेडि दिन्छ । सडिसकेकाे त्यस्ता अखाद्य बस्तु खानाले स्वास्थ्यमा नराम्राे प्रभाव पर्ने गर्दछ । सामाजमा अपहेलित हुने गर्दछ । केही व्यक्तिले सिनाे लगेकाे कारणले गर्दा समग्र चमार जातिकाे बेईजति हुने गर्दछ ।

Karaiya Mai Notice Winter

त्यसकारणले गर्दा सिंगाे चमारकाे अात्मसम्मान माथि अांच अाउने भएकाेले त्यस्ता कार्यलाई पुर्ण रुपमा बन्देज गरि चमार जातिकाे सम्मानकाे लागि सिनाेबहिष्कार अभियान संचालन गरिने सहमति भएकाे थियाे । बैठकले बाराका छिमेकि जिल्लाहरू पार्सा र राैतहट समेतमा पहिले देखि नै हरेक चमार बस्तीहरूमा जनचेतना जगाउनकाे लागि अभियान संचालन गर्ने निर्णय भएकाे थियाे । भेलामा HSI हुमानि साेसाईटि ईन्टरनेशनल संस्थाका राष्ट्रिय निर्देशक तनुजा बस्नेतकाे विशेष उपस्थिति रहेकाे थियाे ।

साे अवसरमा दलित अगुवा सकल राम, दशरथ राम, महन्थ राम, अनिल राम, गणेश राम, नन्दन राम, प्रभु राम, दिपेन्द्र राम, हरिशंकर राम, अच्छेलाल राम, रामएकबाल राम, बासुदेव राम, जगदिश राम, चुल्हाई राम, देवनन भगत जि, सत्यनारायण भगत जि, जयलाल भगत जि लगायतले अाफ्ना मनतब्य राख्नु भएकाे थियाे । कार्यक्रमकाे संचालन राज नारायण राम स्वागत भदई राम र कशाेरीलाल रामले उदेश्यमाथि प्रकाश पार्नु भएकाे थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश