विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

पुर्वान्चल विश्वविद्यालयको परिक्षाको नतिजा त्रुटीपुर्ण

सिम्रौन्गढ़ नपा psa

उषा सरदार , विराटनगर । पुर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको जीपी कोईराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टरले विद्यार्थीहरुको दोस्रो सेमिस्टरको पु.वि को परीक्षा नतिजा त्रुटिपूर्ण भएको भन्दै विद्यार्थीहरु आपत्ति जनाएका छन ।
गोठगाउँ मोरङ्गमा चौथो सेमिष्टरमा अध्यनरत विद्यार्थीहरुको दोस्रो सेमिष्टरको प्रिन्सिपल्स एण्ड प्राक्टिस अफ हर्टिकल्चर बिषयको परीक्षामा जम्मा ४४ जना विद्यार्थीहरु सहभागीको मा हिरालाल गेलाल, सपना खडका, सन्दिपा तिम्सिना, निकिता कार्की, केशव कुमार, सुमित कुमार शाह, प्रियंका मण्डल र सपत रुक्सार गरी जम्मा ८ जना विद्यार्थीहरु फेल भएको थाहा पाएपछी अधिकांश विद्यार्थीहरुले लेखेको भन्दा धेरै कम नम्बर पाएको ले चित्तबुझ्दो रिजल्ट नभएको गनासो गर्नु भयो ।
सो बिषयमा परीक्षा नियन्त्रकसँग बुझ्न जाँदा परीक्षा नियन्त्रक सुर्यप्रसाद संग्रौलाले आफुसँग रिटोटलिङको प्रावधान भएको र रिचेकिङको प्रावधान नभएको भन्दै सुचनाको हक अधिकार पनि मिचेको बताउनु भयो। परीक्षा नियन्त्रक संग्रौलाले पुनर्योगका लागि शुल्क रु.५०० तिरी १५ दिनभित्र निवेदन दिनुपर्ने र उत्तरपुस्तिका प्राप्तिका लागि शुल्क रु.५००० बुझाउनुपर्ने बताउनु भयो ।
विद्यार्थीहरुले परीक्षा नियन्त्रकसँग आफनो उत्तरपुस्तिकाको प्रतिलिपि माग गर्दा पनि परीक्षा नियन्त्रकले सम्बन्धित विद्यार्थी र विश्वविद्यालयबीच उत्तरपुस्तिकाको परिक्षण प्रती चित्त नबुझेमा कुनै प्रहरी कार्यालय , अड्डा अदालतमा उजुरी नगर्ने मिडियालाई जन्कारी गराउदिन भनी कबुलिययतनामा गरि उत्तरपुस्तिकामा दिएको अंक छोपी प्रतिलिपी दिने ब्यबस्था गरेर अन्याय गरेको गुनासो गर्नु भयो ।
सो बिषयमा बोल्दै उक्त कलेजको विद्यार्थी संदेश बस्नेतले पू.वि.को परिक्षक तथा कर्मचारीको गलतिका कारण विद्यार्थीले पाउने नम्बर नपाउने , चर्को शुल्क तिर्नु पर्ने हुनाले विद्यार्थी तथा अभिभावकहरूलाई चरम अन्याय र अत्याचार गरि आर्थिक शोषण गर्दै आएकोे बताउनु भयो । उहाँले सुचनाको हक अधिकारको पालना गरि कबुलियतनामा बिना सहजै रुपमा विद्यार्थीले आफ्नो उत्तरपुस्तिकाको प्रतिलिपी पाउनुपर्ने माग गर्नु भएको छ।उहाँहरुले अधिकार प्राप्तिका लागि पुर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय, डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा समेत ज्ञापनपत्र बुझाएको बताउनु भयो ।
विद्यार्थीहरूको हकहितको विरुद्धमा गरिएको सम्पुर्ण निर्णय र कार्यहरुमा आमूल सुधार गरि सरल छिटोछरितो न्यायोचित शिक्षा प्रणाली बनाई नतिजा यथा सिघ्र छिटो पकाशन गर्न माग गर्नु भएको छ। माग सम्बोधन नभए संघर्ष समिति बनाई चरणबद्द आन्दोलनको प्रक्रियामा जाने चेतावनी समेत दिनु भएको र विद्यार्थीले गरेको कुनै किसिम को क्षतिको जिम्मेबार पू. वि. स्वयम् हुने बताउनु भयो।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed