विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

घाइते भएका मुन्जय राउत थप उपचारका लागि भारतमा

सिम्रौन्गढ़ नपा psa

अज्ञात समूहको छुरा प्रहारबाट गम्भिर घाइते भएका नेपाली जनता दलका धनुषा अध्यक्ष मुन्जय राउतलाई थप उपचारका लागि भारत लगिएको छ ।

गत मंगलबार जनकपुरस्थित वकिल टोलमा राउतमाथि मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले छुरा आक्रमण गरेका थिए । गम्भिर घाइते राउतलाई तत्कालै जनकपुरस्थित काब्य होस्पिटल लगियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आफ्न्तले भारत लगेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अहिले भारतको पटनास्थि पटना मेडिकल कलेज एण्ड हस्पिटलमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । राउतको ढाडमा छुरा प्रहार भएको थियो । त्यहाँ टाका लगाएपनि घाउ बल्झिदै गएपछि थप उपचारका लागि काब्य होस्पिटलले नै भारत लग्न सुझाव दिएको थियो ।

छुरा प्रहार गर्ने व्यक्तिलाई भने प्रहरीले हालसम्म पक्राउ गर्न सकेका छैन । उनीमाथि मेडिकल तथा होस्पिटल माफियाले नै आक्रमण गरेको समाजवादी पार्टीका नेता नविन यादबले विज्ञप्ती निकालेर दावी गरेका थिए । तर प्रहरी भने अनुसन्धानमै अल्झेको देखिन्छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed