विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकारलाई न्युनतम पारिश्रमिक नदिए आन्दोलन गर्ने

सिम्रौन्गढ़ नपा psa

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवी पत्रकारलाई हकअधिकारका आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। रिपोटर्स क्लव नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले श्रमजिवी पत्रकारलाई न्युनतम पारिश्रमिक, नियुक्ति पत्रका लागि आन्दोलन शुरु गर्ने बताउनुभएको हो।

उहाँले आन्दोलनको शुरुवात ठूला सञ्चारगृहबाट गर्ने बताउनुभयो। सञ्चारगृह बन्द भए पनि आन्दोलन नरोकिने बताउनुभयो। कार्यक्रममा बोल्दै आचार्यले सरकारले ल्याउन लागेको प्रेस विरोधी विधेयक महासंघको आन्दोलनका कारण रोकिएको बताउनुभयो। उहाँले पत्रकार महासंघ आफैंमा आन्दोलनको नाम भएको बताउँदै सरकारले ल्याउने प्रेस विरोधी कानुन कहिल्यै नमान्ने बताउनुभयो। सत्तामा पुग्ने हरेक राजनीतिक दलले प्रेसलाई कुन्ठित गर्ने तथा प्रेस स्वतन्त्रता विरोध कानुन ल्याउन खोजेको भन्दै त्यसका विरुद्ध सधैं लाग्ने पनि बताउनुभयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलका कारण सरकार पछि हटेको दाबी गर्नुभयो।सरोकारवालासँग समन्वय र सहकार्य नगरी ल्याइने जस्तोसुकै कानुन आफूहरूलाई मान्य नहुने उहाँले बताउनुभयो। विष्टले महासंघले थालेको आन्दोलनका क्रममा देशभरका पत्रकार सडकमा आएर सफल बनाएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो।

सरकारले पत्रकारको न्युनतम पारिश्रमिक २४ हजार ३ सय  निर्धारण गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed