विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आज जे देखियो मुख्य मन्त्रीको कार्यालय अगाडी

सिम्रौन्गढ़ नपा psa

बिराटनगर,
झुण्डि रहेको कालो ब्यानर, कुटिइ रहेका निर्दोष व्यक्ति र धर्नामा बसेका महिलाहरु।केहि महिना मात्र अगाडि सम्म आफ्नो पसिनाको कमाईबाट आ-आफ्ना शिक्षकका पेशागत संगठनहरुका नेतृत्वहरुलाई गुलियो प्रदान गरिरहेका न घर का न घाटका भएका पेशाबाट विस्थापित शिक्षकहरु हुन यिनीहरु जो झिनो आश लिएर छोराछोरी र परिवारका हातमुख जोर्ने कुनै विकल्प निस्किन्छ कि भनेर चर्को घाम र पानीको पनि बेवास्ता गरि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिइ रहेका छन्।
खबर सबैलाई छ, तर यहाॅ आएर तिमीहरुको काम हुन्छ वा हुदैन भनि दिने ताकत कसैलाई छैन्। के यी शिक्षकहरु लेबी तिर्न सक्ने क्षमता हुदा सम्म मात्र प्यारा थिए?
महासंघले शिक्षा मन्त्रीलाई अल्टिमेटम यस्तालाई रोजगार देउ भनेर दिन सक्दैनथे? तमाम नेपाली शिक्षकहरुले भोगिरहेका समस्यालाई प्रमुख एजण्डा बनाएर सम्बोधनका लागि दबाब दिन सक्दैनथे? राहतलाई प्रक्रिया पुर्याइ सत प्रतिसत स्थायी गर प्रष्टरुपले राख्न सक्दैनथे? बालविकास र कर्मचारीको तलव र स्थायी ब्यवस्थापनको बारेमा खुलेर बोल्न सक्दैनथे?
अझै समय छ महानुभावहरु पिडीत शिक्षकहरुलाई अगाडि आएर जवाफ देउ नभए पसल त रहला तर ग्राहकले आफ्नो आवश्यकता आफै पुरा गर्न थाल्नेछन्।समय र परिस्थिति पुरानो जस्तो रहेन अब।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed