CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकारलाई मानव अधिकारको तालिम

फेटा GP PSA
676
सिम्रौन्गढ़ नपा psa

उषा सरदार
साउन ३१,बिराटनगर
मानिसको मौलिक अधिकार संरक्षण र सम्बर्द्धनमा पत्रकारको उल्लेख्य भुमिका रहने छ। बिराटनगरमा शुक्रबार सम्पन्न मानव अधिकार र पत्रकारिता बिषयक तालिममा पत्रकारले लालच र धम्किमा नफसी तीन नेत्र र तीन श्रवणको सिद्धांतमा रहेर मानवअधिकार सम्वद्ध पत्रकारिता गर्नु पर्नेमा जोड दिइयो। तालिममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. १ का कार्यालय निमित्त निर्देशक मोहनदेव जोशी , रा. मानवअधिकार आयोगका निर्देशक डा. टीकाराम पोखरेल र उपनिर्देशक श्यामबाबू काफ्लेले सहभागी पत्रकारहरुलाई मानवअधिकारका विविध पक्षको बारेमा जानकारी गराउनु भएको थियो।
रा. मानवअधिकार आयोगको निर्देशक टीकाराम पोखरेलले मानवअधिकार र पत्रकार हामी एउटै ढुङ्गाका यात्री भएकोले हामी समाजलाइ जहिले पनि सहि बाटो देखाउनु पर्ने बताउनु भयो।उहाँले समाचार सम्प्रेषण गर्दा मानवअधिकारका बिषयलाइ ध्यानमा राखेर गर्नु पर्नेमा जोड दिनु भयो। मानवअधिकारको समाचारमा संकलन तथा सम्प्रेषण , प्रस्तुति र प्रभावमा बिशेष ध्यान दिनु पर्ने बताउनु हुँदै पत्रकार संचालित नभई स्वचालित हुनुपर्ने धारणा राखनु भयो।
प्रदेश १ का कार्यालय निमित्त निर्देशक मोहनदेव जोशीले पत्रकारले कुनै पनि समाचार सम्प्रेषण गर्दा मानवीय मर्यादालाई बिर्सन नहुने बताउनु भएको छ। जोशीले पत्रकार र मानवअधिकारको सम्बन्ध नङ र मासुको जस्तो भएकोले समाचार सम्प्रेषण गर्दा मानवअधिकारीको बिषयलाई सम्झनै पर्ने धारणा उहाँले ब्यक्त गर्नु भयो।
नेपाल पत्रकार महासंघका मोरङ अध्यक्ष बन्धु पोखरेलले पत्रकार अग्रपंक्तिमा काम गर्ने भएकोले पत्रकार समाजमा भएको घटनाहरुको निष्पक्ष सुचना दिनुपर्ने जिम्मेवारी र दायित्व बोकेको जिम्मेबार मानिस भएको बताउनु भयो। उहाँले मानवअधिकारको दृष्टिकोणबाट पनि पत्रकारिता महत्वपूर्ण भएको र हरेक बिषयलाई मानवअधिकारको स्तरबाट तुलना गरेर मात्र सम्प्रेषण गर्नु पर्ने बताउनु भयो।
सन १९९० देखि संचार माध्यमहरुबाट मानवअधिकारको विश्व ब्यापी रुपमा प्रबर्द्धन गर्ने कार्य शुरु भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश