CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नागरिक सम्बाद मंचले चार वटा वाडा अध्यक्ष लाइ बुझाए ध्यानाकर्सन पत्र

फेटा GP PSA
671
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।।   

सुन्दर शान्त नेपाल परियोजना अन्तरगत गठन भएको जिल्ला स्तरिय नागरिक सम्बाद मंच बाराले हिजो र आज गरि कलैया उप-महानगरपालिकाका चार वटा वाडा अध्यक्षहरु लाइ ध्यानार्कषन पत्र बुझाएका छन् । जनजागरण युवा क्लबको सहजीकरणमा मंचले बिभिन्न जनसरोकारका बिषयहरुमा सम्बाद गराउदै असमझदारिलाई न्यूनिकरण गर्दै सुन्दर शान्त समाज र नेपालको परिकल्पना बमोजिम समाजमा बजिरहेका ठुलो स्वरका डिजे साउण्ड र हरेक खालका अस्लिल गित लाइ बन्द गराउन अभियान गर्दै आएको जानकारी दिईएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जातिय विभेद, छुवाछुत, मठमन्दिर तथा सामुहिक यज्ञमा दलित समुदायका व्यक्ति हरुलाई प्रवेश निषेदको बिषयमा, सडकमा धुलो धुवाका कारण जन मानसमा पर्न गएको असरका बारेमा, महिला हिंसा, वाल विवाह, दाईजो प्रथालाई न्यूनीकरण गर्नुको साथसाथै शिक्षा , स्वास्थ्य, सरसफाईका लागि नागरिक समाज मंच सक्रिय रुपमा अगाडी बढी रहेको ध्यानकार्षन पत्रमा उल्लेख गरिएको संवाद मंचका सदस्य प्रभु यादवले जानकारी दिए ।

Karaiya Mai Notice Winter

त्यति मात्र नभई राजनीतिक, आर्थिक र सामाजिकरूपले पछाडि पारिएका विभेद र उत्पीडन तथा मानव विकास सुचांकको स्तरभन्दा न्यून स्थितिमा रहेका समुदाय, सिमान्तकृत समुदाय , लोपोन्मुख समुदाय, आर्थिक, सामाजिक, राजनीतिक, रोजगारी र शिक्षामा पछाडि परेको जात जाति, धर्म, वर्ग, यौनिक अल्पसंख्यकहरुको उथ्थानका लागि, सिनेटरी प्याडको प्रयोगमा जनचेतना जगाउनलाई पनि कलैया उपमहानगरपालिकाका चार वटा वाडा अध्यक्षहरु लाइ ध्यानाअर्कषन गराउनका लागि सो पत्र बुझाएको संवाद मंचका सदस्य मंजु सुवेदीले भनिन् । वाडा भित्र बिधालयहरुमा महिला मैत्री शौचालय निर्माण गर्नका लागि वाडा कार्यालय बाट पहल गरिदिन ध्यानाआर्कषन पत्रमा भनिएको छ ।

 

बेलायती दूतावास अन्तरगतको द्वन्द्ध, सुरक्षा तथा स्थायीत्व कोषको आर्थिक सहयोग तथा सेफर वल्र्ड, इन्टरनेशनल एलर्ट र बी.बी.सी. मेडिया एक्सनको पहलमा नेपालको ८ जिल्लामा संवादका कार्यक्रम संचालन भईरहेको छ ध्यानाअर्कषन पत्र बुझदै चार वटै वाडा अध्यक्षहरुले नागरिक संवाद मंचको पहल अति सराहनिय रहेको भन्दै अभियानलाई पुर्ण रुपमा सहयोग गर्न प्रतिवद्धता व्यक्त गरेका छन् ।

वाडा न. १३ का वाडा अध्यक्ष राजन प्रसाद कुर्मी, १२ का वाडा अध्यक्ष राजेश्वर प्रसाद केशरी, १० का वाडा अध्यक्ष शंकर प्रसाद गुप्ता,  २० का वाडा अध्यक्ष महमद इमामुदीन लाइ नागरिक सम्बद मंच बारा कलैयाका सदस्य प्रभु यादव सिकेन्द्र पासवान, साजिर मन्सुर, इमरान आलम, मंजु सुवेदी, सरवरी अख्तर, सुन्दर शान्त परियोजनाका कार्यक्रम संयोजक श्री निवास बैठा संचारकर्मी अनिल वर्मा लगायतकाले ध्याना कर्शन गराउदै पत्र बुझाएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश